रोल्पा । नेत्र बिक्रम चन्द ‘विप्लब’ नेतृत्वको विद्यार्थी संगठन अनेरास्ववियुले रोल्पाको सदरमुकाम लिबाङमा रहेको बाल कल्याण नमुना माध्यामिक बिद्यालयमा तालाबन्दी गरेको छ । विद्यालयले शिक्षा नियमावली बिपरित कार्यगरेको भन्दै ८ बुँदे बिज्ञप्ति जारीगर्दै तालाबन्दी गरेको हो ।
कक्षा १० का विद्यार्थीहरुबाट भर्ना शुल्क २५ सय लिएको,अंग्रेजी र नेपाली माध्यामबाट पठनपाठन गराई शिक्षामा विभेद सृजना गरेको,एसएलसी उतिर्ण विद्यार्थीहरुको ६ सय तिरेर प्राप्त हुने लब्धाङक पत्रमा २७ सय ५० लिएको आरोपमा तालाबन्दी गरिएको छ । यसैगरी कक्षा १० का विद्यार्थीहरुलाई अनिबार्य होस्टेल बस्न बाध्य बनाई ५ हजार लिएको, कोचिङ कलासको नाममा महँगो फिस उठाएको लगायतका आरोप सहित विद्यालयमा तालाबन्दी गरेको अनेरास्ववियु (क्रान्तिकारी) का जिल्ला अध्यक्ष हरिबहादुर वलीद्वारा जारी बिज्ञप्तिमा उल्लेख रहेको छ ।
यस्तै विद्यालयका समस्याहरुलाई लिएर सम्बन्धित पक्षलाई पटक–पटक सच्याउन ध्यानाकर्षण गराउदा पनि मुखदर्शक भएको भन्दै अनिश्चितकालका लागि तालाबन्दी गरेको अध्यक्ष ओलीले जानकारी दिनु भयो । विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष महेश न्यौपानेलाई तालाबन्दी भएको बिषयमा बुझ्दा, उनीहरुले राखेका मागहरु बारे आफु अनविज्ञ रहेको तर बुझेर छलफलद्वारा समस्या हलगर्ने बताउनु भएको भयो ।