
Csbus
Syees
Ssbus
dsbus
Pbu
Gsbus
Rbs
Bksbus5
Nssbus7
Ratbs
Amb
Ddhbs
syysr
Gsl
gms
Jsbus

Rgu
Bbbpu
Wsp
Gst
Sls
Sbs
Vor
Ksm
Asm
Rgs
nsb
Pvg
Tsm
Ggd
Rsb
Ssm
Hal
Bbu
Rgu

Gsb
Abd
Rpp
Jmb
Syp
Pls
Rmb
sab
Bml
Mks
Jmb
Ptm
bbt
रोल्पा । नेत्र बिक्रम चन्द ‘विप्लब’ नेतृत्वको विद्यार्थी संगठन अनेरास्ववियुले रोल्पाको सदरमुकाम लिबाङमा रहेको बाल कल्याण नमुना माध्यामिक बिद्यालयमा तालाबन्दी गरेको छ । विद्यालयले शिक्षा नियमावली बिपरित कार्यगरेको भन्दै ८ बुँदे बिज्ञप्ति जारीगर्दै तालाबन्दी गरेको हो ।
कक्षा १० का विद्यार्थीहरुबाट भर्ना शुल्क २५ सय लिएको,अंग्रेजी र नेपाली माध्यामबाट पठनपाठन गराई शिक्षामा विभेद सृजना गरेको,एसएलसी उतिर्ण विद्यार्थीहरुको ६ सय तिरेर प्राप्त हुने लब्धाङक पत्रमा २७ सय ५० लिएको आरोपमा तालाबन्दी गरिएको छ । यसैगरी कक्षा १० का विद्यार्थीहरुलाई अनिबार्य होस्टेल बस्न बाध्य बनाई ५ हजार लिएको, कोचिङ कलासको नाममा महँगो फिस उठाएको लगायतका आरोप सहित विद्यालयमा तालाबन्दी गरेको अनेरास्ववियु (क्रान्तिकारी) का जिल्ला अध्यक्ष हरिबहादुर वलीद्वारा जारी बिज्ञप्तिमा उल्लेख रहेको छ ।
यस्तै विद्यालयका समस्याहरुलाई लिएर सम्बन्धित पक्षलाई पटक–पटक सच्याउन ध्यानाकर्षण गराउदा पनि मुखदर्शक भएको भन्दै अनिश्चितकालका लागि तालाबन्दी गरेको अध्यक्ष ओलीले जानकारी दिनु भयो । विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष महेश न्यौपानेलाई तालाबन्दी भएको बिषयमा बुझ्दा, उनीहरुले राखेका मागहरु बारे आफु अनविज्ञ रहेको तर बुझेर छलफलद्वारा समस्या हलगर्ने बताउनु भएको भयो ।
