Sidha Patra आइतबार, मंसिर २६, २०७८

काठमाडौं । अमेरिकाको केन्टकी राज्यमा आएको आँधीका कारण ७० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ । यद्यपि खोज तथा उद्धार कार्य जारी रहेकाले मृतकको संख्या बढ्न सक्ने अनुमान छ ।

केन्टकीमा आपतकालीन स्थिति घोषणा गरिएको छ । भौतिक संरचनाहरु तहसनहस भएका छन् भने विद्युत र सञ्चार सम्पर्क पनि विच्छेद भएको छ ।
यो आँधीलाई अमेरिकाको इतिहासकै ठूलो आँधी भनिएको छ । आँधीबाट मेफिल्ड शहर नराम्रोसँग प्रभावित भएको छ ।

सो शहरमा अवस्थित एक मैनबत्ती कारखानामामात्रै १२ जना मजदुरको मृत्यु भएको बताइएको छ । उद्धारकर्मीहरुले कारखानाबाट १४० भन्दा बढी व्यक्तिहरुलाई सुरक्षित रुपमा बाहिर निकालेका छन् । केन्टकीका गर्भनर एण्डी बेशियरले अब कुनै भग्नावशेषबाट कसैलाई सुरक्षित रुपमा निकाल्न सकिएमा त्यो चमत्कार हुने बताएका छन् । उनले मेफिल्ड शहर र केन्टकीको आँधीको बाटोमा परेका क्षेत्र पूर्णरुपमा तहसनहस भएको बताएका छन् । उनले भनेका छन्, ‘मैले यस्तो नराम्रो अवस्था देखेको थिइनँ । म स्थितिको शव्दमा व्यक्त गर्न सक्दैन । ्

राष्ट्रपति जो बाइडनले अमेरिकाको मध्य इलाकामा भयंकर आँधी आएको भन्दै पीडितको उद्धार तथा राहतका लागि हरसम्भव कदम चाल्ने घोषणा गरेको समाचार एजेन्सीहरुले उल्लेख गरेका छन् । राष्ट्रपति बाइडनले आइतबार विशेष टोली केन्टकी जाने र घरबाहरविहीन भएकाहरुका लागि आवास तथा खानाको प्रबन्ध मिलाउने बताएका छन् ।

केन्टकीका साथै मिसौरी, आरकन्सास, इलिनोय, मिसिसिपी पनि आँधीबाट प्रभावित भएका छन् ।
बीबीसीका उत्तर अमेरिकी सम्वाददाताले केन्टकीको स्थिति निकै चुनौतीपूर्ण रहेको बताएका छन् ।अनलाइनखबर

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]