शिबराज पन्थी/गढवा शुक्रबार, मंसिर २४, २०७८

दाङ । एक सय वर्ष काट्नुभएकी गढवा ५ धर्मपुरकी कोहली चौधरीले शुक्रवार गढवा गाउँपालिकाबाट सम्मान पाउँदा खुसी हुनुभयो । गाउँपालिकाले बोलाएर सम्मान गरेको देख्न पाउँदा मर्न लाएको बेलामा स्वार्ग देख्न पाएजस्तो लाग्यो–उहाँले भन्नुभयो । गाउँपालिकाले सम्मान गर्ने खबर पठाएपछि लौरो टेकेर गढवा ६ की ९२ बर्षिय बुढीआमा धापाली यादव गाउँपालिकामा पुग्नुभयो ।

गाउँपालिकाले जाडोमा ब्लाङ्केट ओढाएर सम्मान गर्दा अहिलेको जाडो काट्ने भएँ भन्दै उहाँले भन्नुभयो । गढवा ६ कुमालगाउँकी सयबर्ष काटेकी बयोबृद्ध आमा गलीया कुमाल्नीले पनि जाडोको बेला ओढ्ने कम्बल पाउँदा खुसी प्रकट गर्नुभयो । त्यस्तै गढवा ७ की बिपन्न सिमान्तकृत बर्गकी एकल महिला अनुराधा सार्किले पनि गाउँपालिकाको सम्मान लिन पाउँदा खुसीले आँखा रसाएको बताउनुभयो ।

लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान अन्तर्गत गत मंसीर ९ का दिन सुरु गरिएको कार्यक्रम गढवाका सबै वडाहरु र अधिकांश बिद्यालय हुदै शुक्रवार समापन गरिएको हो । समापन कार्यक्रममा गाउँपालिकाले चारजना बयोबृद्ध र सिमान्तकृत महिलाहरुलाई सम्मान गरेको हो । यसैगरी गढवा गाउँपालिकामा रेडक्रसको इन्कोर परियोजना मार्फत समाज रुपान्तरण र लैंगिक हिंसा न्यूनिकरणमा गाउँपालिकासंग सधैव समन्वय र सहकार्यका साथ महत्वपुर्ण भूमिका खेलेको भन्दै रामधुनी ६ सुनसरी निवासी देवि प्याकुरेल लाई शुक्रवार गढवा गाउँपालिकाले सम्मान गरेको छ । गाउँपालिकाका उपाध्यक्ष शान्ती चौधरी र निमित्त प्रमुख प्रशासकीय अधिकृत सम्भूराज आचार्यले दोसल्ला ओढाएर सम्मान पत्रले सम्मान गर्नुभएको हो ।

गढवा गाउँपालिकाका उपाध्यक्ष शान्ती चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला अदालत दाङ देउखुरीका शाखा अधिकृत राजेन्द्र कुमार शर्माले सहभागिहरुलाई बर्तमान कानून र लैंगिक हिंसाका प्रकारहरुका बारेमा प्रशिक्षण दिनुभएको थियो । कार्यक्रमका सहआयोजकका रुपमा गढवा गाउँपालिका क्षेत्रमा कार्यरत एक दर्जन बढी संघसंस्थाका प्रतिनिधीहरुको उपस्थिती रहेको थियो । सो अवसरमा उद्योग बाणिज्य संघका सचिव मधा न्यौपाने,नागरिक समाजका अगुवा मोहन कुमार पाण्डे,महिला अधिकारकर्मि रेखा थापा र सामाजिक अभियन्ता देवि प्याकुरेल लगायतले बोल्नु भएको थियो ।

कार्यक्रममा जनता माध्यमिक बिद्यालय कालाकाटे र गढवा तथा सरस्वती माध्यमिक विद्यालय गोबरडिहाले आयोजना गरेको लैंगिक हिंसा बिरुद्धको अभियानमा आयोजित बिद्यमालय स्तरीय बक्तृत्वकला प्रतियोगितामा उत्कृष्ट हुने ६ जनालाई पुरस्कार र तिन जनालाई प्रमाणपत्र वितरण गरिएको थियो । शान्ती पुर्नस्थापना गृह कोइलाबासका सुपरवाइजर कैलासु चौधरीको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण कार्यपालिका सदस्य शोभा रावतले गर्नुभएको थियो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]