दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी (सोनाम)ले मेला स्थलमा स्वास्थ्य मापदण्ड अपनाएर मेला संचालन गर्न मेला आयोजक टिमलाई आग्रह गर्नु भएको छ ।
तुलसीपुरमा बिहीबारदेखि संचालनमा आएको प्रथम प्रादेशिक फेष्टिबल २०७८को उद्घाटन गर्दै मुख्यमन्त्री केसीले सो कुरा बताउनु भएको हो । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ को बरुवागाउँमा चन्द्रसुर्य यातायात प्रालिले उक्त फेष्टिबल मेलाको आयोजना गरेको छ ।
त्यस्तै मुख्यमन्त्री सोनामले उक्त मेलाको उद्घाटन कार्यक्रममा बोल्दै भन्नू भयो । लुम्बिनी र कर्णाली प्रदेशसंग जोडिएको तुलसीपुर क्षेत्रलाई व्यापारिक केन्द्रका रुपमा विकास गर्नु पर्ने बताउनु भयो । साथै उहाँले हरेक मेला महोत्सवमा व्यापार व्यवसाय हुने भएकाले यसलाई व्यवस्थित बनाउनु पर्ने उहाँको भनाइ रहेको थियो । कार्यक्रममा बोल्दै मुख्यमन्त्री केसीले कोरोना भाइरसको नयाँ भेरियन्ट नेपालमा पनि देखा परेकोले यसबाट बच्न स्वास्थ्य सुरक्षा सम्बन्धी सावधानी अपनाउनु पर्ने बताउनु भयो ।
यस्तै कोरोना महामारीको नयाँ भेरियन्टको जोखिमका बाबजुद महोत्सव संचालन हुन लागेको भन्दै यसप्रति विशेष ध्यान दिन उनले आयोजकलाई आग्रह पनि गर्नु भएको छ । महोत्सव बिहीबार २३ गतेदेखि मंसिर २९ गतेसम्म संचालन हुने आयोजकले जनाएको छ । महोत्सव मुल आयोजक समितिका संयोजक शम्भु रेग्मीको अध्यक्षतामा सो कार्यक्रमको उद्घाटन भएको थियो ।