Sidha Patra बिहिबार, मंसिर २३, २०७८

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन स्थल भृकुटीमण्डप वरिपरि आचारसंहितविपरीत उम्मेदवारका प्रचार सामग्री राखिएको छ ।

काङ्ग्रेसको केन्द्रीय निर्वाचन समितिको आचारसंहिता अनुसार महाधिवेशन आयोजना स्थलभन्दा पाँच सय मिटर वरिपरि प्रचार सामग्री राख्न पाइँदैन । आचारसंहितामा ब्यानर, भित्तेलेखन, पोष्टर,तुल,पम्प्लेट टाँस्न नपाइने उल्लेख छ ।

तर,भृकुटीमण्डपको मुख्य गेटदेखि भित्रैसम्म उम्मेदवारका तस्वीर अंकित प्रचार सामग्रीहरू राखिएका छन् । ती प्रचार सामग्रीहरू अब हटाइने निर्वाचन समितिका सदस्य तेज रावलले बताउनु भयो । ‘आचारसंहितामा के गर्न मिल्ने/नमिल्ने प्रष्ट उल्लेख छ, त्यही अनुसार निर्वाचन समितिले आफ्नो काम गर्छ,’ उहाँले भन्नू भयो, ‘आचारसंहिताको कडाइका साथ पालना हुन्छ ।’

त्यस्तै उम्मेदवारहरुको प्रचार गर्दा भिजिटिङ कार्ड र सामान्य अपिल भन्ने वितरण गर्न दिइनेछ । त्यस्तै मतदानस्थलभित्र प्रवेश गर्दा मोबाइल फोन लैजान पनि रोक लगाइएको छ । महाधिवेशन स्थल भृकुटीमण्डप केन्द्रीय पदाधिकारी र केन्द्रीय सदस्यहरूका उम्मेदवारहरूको ब्यानर, तुल र पोष्टरले भरिभराउ छ । काङ्ग्रेसको महाधिवेशन शुक्रबार उद्घाटन हुँदैछ । यस्तै शनिबार उम्मेदवार मनोनयन दर्ताको समय तोकिएको छ भने सोमबार बिहानैदेखि मतदान सुरु हुनेछ ।अनलाइनखबर

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]