
Ssb
Ssb
Gsb
Bsn
Usb
Ppu
Ksb
Rsb
Ksb
jsb
Rks
Csb
Fmb
Nsb
Ksb
Tgp

Tsb
Ssb
Gsb
Hl1
Usb

Nps
ptl
Rgu
दाङ । स्थानिय पाठ्यक्रम निर्माण सम्बन्धी कार्यशाला १ दिने गोष्ठी आज राजपुर गाउँपालिकाममा पालिकाका अध्यक्ष लोकराज केसीको अध्यक्षता तथा शिक्षा बिकाश समन्वय समिति दाङका प्रमुख देबमणी चौधरीको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ ।
स्थानीय सरकारको ब्यवस्था भएर केही बर्ष पार भइसकेता पनि शिक्षाको पाठ्यक्रममा स्थानीय बिषयवस्तुलाई समेटेर पाठ्यक्रम निर्माण नहुँदा स्थानीय स्तरका विद्यालामा अध्ययनरत बालबालिकाहरुले स्थानीय स्तरमा रहेका विविध पक्षको बारेमा ज्ञान हासिल गर्न नसकिरहेको हुँदा अब स्थानी यस्तरका विविध पक्षलाई समेटेर स्थानीय पाठ्यक्रम निर्माण गर्न लागेको पाईएको हो ।यसरी निर्माण हुन थालेको पाठ्यक्रम अन्तर्गत आधारभुत तह (१-८) सम्मका बालबालिकाहरुको उमेरलाई लक्षित गर्दै “राजपुर गाउँपालिकाको चिनारी” शीर्षकमा पालिकाभित्रका सम्पूर्ण बालबालिकाहरुले स्थानीय पालिकाको परिचय, राजपुरका सम्पदा आदि जस्ता विषयवस्तुको बारेमा शिक्षा हासिल गर्न सक्ने छन् ।
पाठ्यक्रम निर्माणका सम्बन्धमा मानव कल्याणको साझेदारी तथा राजपुर गाउँपालिकाको आयोजनामा पालिकाभित्र रहेका सम्पूर्ण सामुदायिक तथा सस्थागत विद्यालयका प्रधानाध्यापकहरु, जनप्रतिनिधि र राजपुर गाउँपालिकाको शिक्षा शाखा कर्मचारीको बिचमा व्यापक छ्लफल गराई सल्लाह सुझाव संकलन गरेको छ।यसरी प्राप्त सल्लाह सुझावको आधारमा स्थानीय बिज्ञको सहारामार्फत पाठ्यक्रम निर्माण भइ गाउँ कार्यपालिकाबाट स्वीकृत गराई प्रत्येक विद्यालयमा लागू गरिने योजना रहेको छ ।
उक्त गोष्ठी कार्यक्रममा पुर्व श्रोतब्यक्ती समेत रहनु भएका स्थानीय बुद्धिजीवी कुन्न नारायण चौधरी,लमही नपाका शिक्षा अधिकृत रबिन्द्र क्षेत्री,मानव कल्याणका साहदेव यादव लगायत सामुदायिक तथा निजी विद्यालयका प्रधानाध्यापकको उपस्थिति रहेको थियो । कार्यक्रममा उपस्थित सबैलाई राजपुर गाउँपालिका शिक्षा शाखा प्रमुख केशव लम्सालले स्वागत गर्नु भएको थियो भने कार्यक्रमको संचालन शिक्षा शाखाका प्राबिधिक कामना चौधरीले गर्नु भएको थियो ।

