दाङ । नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेशको सभापतिमा संस्थापन इतर समूहका अमर सिंह पुन मगर विजयी हुनु भएको छ ।
उहाँले संस्थापन पक्षका भरतकुमार शाहलाई ८५ मतको अन्तरले पराजित गर्दै लुम्विनी प्रदेश सभापतिमा बिजयी हुनु भएको हो । सभापतिमा विजयी पुनले ८ सय ५२ मत ल्याउनु भएको थियो भने पराजित शाहले ७ सय ६७ मत पाउनु भएको थियो ।
त्यस्तै पदाधिकारीमा एक उपसभापति बाहेक सबै पुन प्यानलका उम्मेदवार विजयी भएका छन् । दुई उपसभापतिमा संस्थापन इतर समूहका भुवन श्रेष्ठ (८४७) र संस्थापन पक्षका राजु खनाल (७९२) मत ल्याएर विजयी हुनु भएको छ । यस्तै संस्थापन इतरका अष्टभुजा पाठक (७७२) र संस्थापनका सुधाकर पाण्डे (६६१) ल्याएर पराजित हुनु भयो ।
यसैगरी महामन्त्रीमा विक्रम खनाल ८ सय ४४ र सुरेन्द्रराज आचार्यले ८ सय ३९ मत ल्याएर विजयी हुनु भएको छ । महामन्त्रीमा संस्थापनका खिमान सिंह रायमाझी (६५१) र जन्मजय तिमिल्सेना (७०९) मत ल्याएर पराजित हुनु भएको छ ।
त्यस्तै खुल्ला सहमहामन्त्रीमा बिष्णु खनाल मुस्कान ८ सय ५९ र खगराज पाण्डे ७ सय ७६ विजयी हुनु भएको छ । सहमहामन्त्रीमा माया पुन र लक्ष्मीनारायण शाह पराजित हुनु भएको छ । महिला सहमहामन्त्रीमा निमा गिरी ८ सय ३० मत ल्याएर विजयी हुनु भएको छ । उहाँले संस्थापन पक्षकी सरिता चौधरीलाई पराजित गर्नु भएको हो । चौधरीले ६ सय ८७ मत ल्याउनु भएको थियो । निर्वाचनमा १६ सय ३१ मत खसेको निर्वाचन समितिले जनाएको छ ।