Sidha Patra आइतबार, मंसिर १९, २०७८

सुर्खेत । नेपाली कांग्रेस कर्णाली प्रदेशको सभापतिमा संस्थापन समूहका ललितजंग शाही विजयी भएका छन् । निकटतम प्रतिस्पर्धी भूपेन्द्रजंग शाहीलाई १०५ मतले पछि पार्दै ललितजंग प्रदेश सभापतिमा विजयी भएका हुन् ।

शनिबार भएको निर्वाचनबाट ललितजंगले ४२२ मत ल्याएर सभापतिमा निर्वाचित हुँदा संस्थापनइतर समूहका भूपेन्द्रजंगले ३१७ मत ल्याएका छन् । यस्तै निधि समूहबाट सभापतिका उम्मेदवार बनेका मोतीराज बमले ७ मत प्राप्त गरेका छन् । जम्मा ७५४ मत खसेकोमा ८ मत बदर भएको निर्वाचन समितिले जनाएको छ ।

कर्णाली प्रदेशको बाँकी पदाधिकारीमा पनि संस्थापन पक्षको प्यानलकै जित भएको छ । देउवा पक्षबाट उपसभापतिमा कालीबहादुर सहकारी र सनतकुमारी कार्की विजयी भएका छन् भने महामन्त्रीमा निरञ्जन केसी र कृष्णकुमार रोकायाले जितेका छन् ।

यस्तै सहमहामन्त्रीमा उपेन्द्रबहादुर थापा, एकराज डाँगी र रामछाया कुमारी शाही निर्वाचित भएका छन् । कर्णाली प्रदेशको पहिलो कांग्रेस सभापति बनेका जुम्लाका शाही यसअघि २०७० सालमा संविधान सभा सदस्य थिए । सभापतिमा पराजित भएका भूपेन्द्रजंग शाही र मोतीराज बम कालिकोटका हुन् ।

भूपेन्द्रजंग तरूणदलका महामन्त्री हुन् । यसअघि उनी नेपाल विद्यार्थी संघको उपाध्यक्ष पनि थिए । उनी तीन कार्यकाल विद्यार्थी संघको केन्द्रीय सदस्य बनेका थिए । २०७० सालको संविधान सभा निर्वाचन र २०७४ को प्रतिनिधि सभामा उम्मेदवार बनेका शाही दुवै पटक माओवादीका महेन्द्रबहादुर शाहीसँग पराजित भएका थिए । मोतीराज बम केही समयअघि मात्र निधि समूहमा लागेका थिए ।अनलाइनखबर

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]