
Rbs
Jsbus
Syees
Gsbus
Ssbus
Bksbus5
Csbus
Amb
gms
syysr
Ddhbs
Gsl
Pbu
Ratbs
dsbus
Nssbus7

Rsb
Gst
Sbs
nsb
Rgu
Ksm
Wsp
Pvg
Ssm
Vor
Ggd
Rgs
Sls
Bbbpu
Asm
Rgu
Bbu
Tsm
Hal

Jmb
Rpp
Gsb
Pls
Jmb
Mks
Abd
bbt
Rmb
Bml
Ptm
sab
Syp
सुर्खेत । नेपाली कांग्रेस कर्णाली प्रदेशको सभापतिमा संस्थापन समूहका ललितजंग शाही विजयी भएका छन् । निकटतम प्रतिस्पर्धी भूपेन्द्रजंग शाहीलाई १०५ मतले पछि पार्दै ललितजंग प्रदेश सभापतिमा विजयी भएका हुन् ।
शनिबार भएको निर्वाचनबाट ललितजंगले ४२२ मत ल्याएर सभापतिमा निर्वाचित हुँदा संस्थापनइतर समूहका भूपेन्द्रजंगले ३१७ मत ल्याएका छन् । यस्तै निधि समूहबाट सभापतिका उम्मेदवार बनेका मोतीराज बमले ७ मत प्राप्त गरेका छन् । जम्मा ७५४ मत खसेकोमा ८ मत बदर भएको निर्वाचन समितिले जनाएको छ ।
कर्णाली प्रदेशको बाँकी पदाधिकारीमा पनि संस्थापन पक्षको प्यानलकै जित भएको छ । देउवा पक्षबाट उपसभापतिमा कालीबहादुर सहकारी र सनतकुमारी कार्की विजयी भएका छन् भने महामन्त्रीमा निरञ्जन केसी र कृष्णकुमार रोकायाले जितेका छन् ।
यस्तै सहमहामन्त्रीमा उपेन्द्रबहादुर थापा, एकराज डाँगी र रामछाया कुमारी शाही निर्वाचित भएका छन् । कर्णाली प्रदेशको पहिलो कांग्रेस सभापति बनेका जुम्लाका शाही यसअघि २०७० सालमा संविधान सभा सदस्य थिए । सभापतिमा पराजित भएका भूपेन्द्रजंग शाही र मोतीराज बम कालिकोटका हुन् ।
भूपेन्द्रजंग तरूणदलका महामन्त्री हुन् । यसअघि उनी नेपाल विद्यार्थी संघको उपाध्यक्ष पनि थिए । उनी तीन कार्यकाल विद्यार्थी संघको केन्द्रीय सदस्य बनेका थिए । २०७० सालको संविधान सभा निर्वाचन र २०७४ को प्रतिनिधि सभामा उम्मेदवार बनेका शाही दुवै पटक माओवादीका महेन्द्रबहादुर शाहीसँग पराजित भएका थिए । मोतीराज बम केही समयअघि मात्र निधि समूहमा लागेका थिए ।अनलाइनखबर
