
Anm
Mbdvs
Rbs
Sds
Gisld
Ksm
Pbu
Gmk
mbd

Wsp
Ssm
Ggd
Bbbpu
Rgu
Rgs
Asm
Tsm
nsb
Rsb
Pvg
Vor
Hal
Rgu
Sls
Ksm
Bbu
Gst
Sbs

sab
Gsb
Rmb
Bml
Abd
Ptm
Mks
Jmb
Syp
Jmb
Rpp
bbt
Pls
दाङ । राज्यले कर छल्नेलाई प्रोत्साहन गर्छ तर नियम संगत ब्यवसाय गर्नेलाई नियम लगाउने गरेको नेपाल उद्योग बाणिज्य महासंघ लुम्बिनी प्रदेसका उपाध्यक्ष बालकृष्ण सुवेदीले बताउनु भएको छ ।
दक्षिण देउखुरी स्थित गढवा उद्योग बाणिज्य संघको छैठौं बार्षिक साधारण सभालाई संबोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो । निजी क्षेत्र बिकास र समृद्धिको आधार हो । निजी क्षेत्रलाई उपेक्षा राज्यले गर्नु हुदैन । ब्यवसायिहरुको करबाट राज्यलाई धेरै सपोर्ट भएको उहाँले बताउनुभयो । कर तिर्नु सबै ब्यवसायिहरुको दायित्व भएको भन्दै ब्यवसायिहरुले पनि राज्यलाई तिर्ने कर छल्न नहुने उहाँले बतानु भयो । ब्यवसायिले सामाजिक उत्तरदायित्वका साथ ब्यवसाय गर्नुपर्ने भन्दै मिस म्याच सच्याउने अवधि चैत्र मसान्ता सम्म रहेको भन्दै सुवेदीले मिस म्याच गर्न नहुने बताउनु भयो । कार्यक्रमका बिशिष्ट अतिथी गढवा गाउापालिकाका उपाध्यक्ष शान्ती चौधरीले उद्योग बाणिज्य संघ संग गाउापालिकाले सधैव समन्वय र सहकार्य गर्दै आएको र भविश्यका दिनमा पनि गर्दै जाने बताउनुभयो ।
कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघका पुर्व केन्द्रिय सदस्य ध्रुबराज श्रेष्ठ,दाङ जिल्ला उद्योग बाणिज्य संघका अध्यक्ष टंकसिंह बुढाथोकी, तुलसीपुर उद्योग बाणिज्य संघका अध्यक्ष रामप्रसाद चालिसे,देउखुरी उद्योग बाणिज्य संघका अध्यक्ष खगेश्वर खनाल,राप्ती उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष बाबुराम थापा,सिसहनिया उद्योग बाणिज्य संघका अध्यक्ष पुर्णबहादुर बुढाथोकी,संघका संस्थापक अध्यक्ष युवराज पोखे्रल,गैरसरकारी संस्था महासंघ दाङका उपाध्यक्ष उमाकान्त पन्त,नागरिक समाज गढवाका संयोजक मोहनकुमार पाण्डेय,नेकपा एमालेका चुडामणि पौडेल,राष्ट्रिय जनमोर्चाका कपिलदेव खनाल,राष्ट्रिय जनता पार्टीका महबुव अली,एकिकृत समाजवादीका राधेश्याम थारु कुमाल,देउखुरी साहित्य मञ्चका अध्यक्ष हरि पोखे्रल,चेतनशिल महिला समाजका अध्यक्ष सकुन्तला डिसी,होटल ब्यवसायि संघ गढवाका अध्यक्ष दयाराम थापा र सल्लाहकार रामदास यादव लगायतले शुभकामना मन्तब्य दिनु भएको थियो ।
त्यसैगरी कार्यक्रममा गढवा उद्योग बाणिज्य संघका निवर्तमान अध्यक्ष रविलाल आचार्यलाई सम्मान गरिएको थियो । यसैगरि उत्कृष्ट ब्यवसायि कृष्णा बस्नेत र नेपाल सरकारको कोटाबाट एमबिबिएस अध्ययनका लागि पुर्ण छात्रबृत्तिमा नाम निकाल्न सफल ब्यवसायिहरुका छोराहरु दिप्सन आचार्य र सुदिन भुसाललाई सम्मान गरिएको थियो । सो अवसरमा संस्थाका सचिव मधा न्यौपानेले संस्थागत प्रतिवेदन र कोषाध्यक्ष खुमानन्द पोखे्रलले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
संस्थाका निवर्तमान अध्यक्ष रविलाल आचार्यको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रममा साधारणसभाले अनुकुल वातावरण भएमा गढवामा औद्योगिक मेलाको आयोजना गर्ने,कोइलाबासमा संघको भवन निर्माण गरि सम्पर्क कार्यालय स्थापना गर्ने, कोइलाबास भन्सारलाई सुचारु गर्न सबै पक्षसंग समन्वय र सहकार्य गर्ने,लेखा समितीको गठन र लेखा परिक्षकको नियुक्ती लगायतका महत्वपुर्ण निर्णहरु गरेको छ । शनिबार गढवा उद्योग वाणिज्य संघका अध्यक्ष खिम बहादुर बुढा मगरको अध्यक्षता तथा नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष बालकृष्ण सुवेदीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रमको संचालन संघका उपाध्यक्ष ओमप्रकाश बस्यालले गर्नु भएको थियो । 


