
dsbus
Pbu
Ssbus
Csbus
Ddhbs
gms
Ratbs
Gsl
Bksbus5
Gsbus
Amb
Nssbus7
Rbs
Jsbus

Rgu
Ggd
nsb
Sbs
Ssm
Vor
Hal
Sls
Bbu
Rgs
Ksm
Rgu
Gst
Pvg
Bbbpu
Wsp
Tsm
Asm
Rsb

Pls
sab
Syp
Jmb
Mks
Ptm
Gsb
Rmb
Jmb
Abd
bbt
Bml
Rpp
दाङ । प्रदेश राजधानीको गुरुयोजना निर्माण संगै समग्र देउखुरीको बिकास हुने लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य तथा परिवार कल्याण मन्त्री इन्द्रजित चौधरीले बताउनुभएको छ । राजधानीको गुरुयोजना निर्माणको कार्यले तिब्र गति लिइरहेको छ । यसको निर्माण प्रकृया संगसंगै ब्यवस्थित शिक्षालय र प्राबिधिक शिक्षाको पनि बिकास हुने मन्त्री चौधरीले बताउनु भयो ।
दक्षिण देउखुरी क्षेत्रको सबैभन्दा पुरानो संस्थागत बिद्यालय बुद्धज्योति माध्यमिक बिद्यालय गढवाको २७ औं बार्षिकोत्सव समारोहलाई संबोधन गर्दै मनत्री चौधरीले यस्तो बतानुभएको हो । कार्यक्रमका प्रमुख अतिथी समेत रहनुभएका चौधरीले दक्ष जनशक्ति निर्माण गर्न निजी र सरकारी दुबै क्षेत्रका बिद्यालयहरुले मेहनतपुर्ण भूमिका खेल्नुपर्ने बताउनुभयो । एक अर्को प्रसंगमा बोल्दै मन्त्री चौधरीले कोरोना भाईरसको ओमिक्रन भाइरस भित्रीन थालेकोले सबै सचेत भएर प्रतिकार्यकालागि सतर्क रहनुपर्ने बताउनुभयो ।
कोभिडको खोप प्रदेश सरकारले प्रयाप्त रुपमा भण्डारण गरिसकेको छ,दाङमा भण्डारण नअटेपछि नेपालगंजमा समेत स्टोर गरिएको छ । त्यसर्थ सबैले खोप लगाएर कोरोना भाइरसका सबै रुपलाई परास्त गर्न बलियो बन्नुपर्ने उहाँले बताउनुभयो ।
बिद्यालय संचालक समितिका अध्यक्ष केशबराम यादवको अध्यक्षता र लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री चौधरीको प्रमुख आतिथ्यमा भएको बार्षिकोत्सव समारोहमा प्याप्सन दाङका सहसचिव बिकास रजौरे,गैरसरकारी संस्था महासंघ दाङका उपाध्यक्ष उमाकान्त पन्त,चेतनशिल महिला सहकारीका अध्यक्ष सकुन्तला डिसी,ज्ञानज्योति बोर्डीङका प्रिन्सीपल दिपक कुमार यादव,समाजसेवी बुद्धिजीवि गुणनिधी शर्मा,संचालक शेयर कपिलदेव खनाल,दिनमणि आचार्य,हरि पोखे्रल लगायतले बोल्नुभएको थियो ।
कार्यक्रममा बर्षभरीको पठन–पाठन र अतिरिक्त कृयाकलापमा उत्कृष्ट हुने बिद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो । सो अवसरमा बर्ष उत्कृष्ट शिक्षकको रुपमा निकीता केसी र लेखापाल हुमाकान्त पाण्डेयलाई सम्मान गरिएको थियो । कार्यक्रममा बिद्यालयका प्रिन्सीपल बसन्तराज भट्टरार्यले बिद्यालयको संस्थागत प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो । बिद्यालयका प्रबन्ध निर्देशक मोहन कुमार पाण्डेयको स्वागत मन्तब्यबाट सुरु भएको बार्षिकोत्सव समारोहको संचालन शिक्षक मञ्जु पौडेलले गर्नुभएको थियो । कार्यक्रममा विविध भेषभूषा झल्कीने नृत्य र झाँकीहहरु समेत प्रस्तुत गरिएको थियो ।

