
Gsl
Amb
syysr
Ssbus
Rbs
Csbus
Jsbus
Pbu
Gsbus
gms
Ratbs
Bksbus5
Syees
Ddhbs
Nssbus7
dsbus

Gst
Tsm
Pvg
Wsp
Bbbpu
Ggd
Rgs
Bbu
Sbs
Ksm
Rsb
Rgu
Asm
Vor
Ssm
Sls
nsb
Hal
Rgu

sab
bbt
Jmb
Ptm
Mks
Pls
Bml
Abd
Jmb
Syp
Gsb
Rpp
Rmb
दाङ । नेकपा माओवादी केन्द्र राजपुर गाउँ कमिटीको अध्यक्षमा सर्वसम्मत चक्रबहादुर खड्का (शिखर)चयन हुनु भएको छ ।
शनिबार सम्पन्न भएको नेकपा माओवादी केन्द्र राजपुरको दोस्रो गाउँ सम्मेलनबाट माओवादीको पहिलोपटक निर्वाचन प्रणालीद्वारा मतदाता नामावली र मनोनय दर्तासहित सम्मेलन गर्दै राजपुर गाउँपालिकामा खड्काको अध्यक्षतामा ४९ जना कार्यसमिति निर्विरोध चयन गरिएको हो ।
जसको उपाध्यक्षमा लक्ष्मी चौधरी,श्याम बहादुर रोका,भोगेन्द्र सिंह राजपुत,त्यस्तै सचिवमा बिष्णु प्रसाद यादव,सहसचिवमा दिलमती वलि,कोषाध्यक्षमा भिम वलि गरि ४९ जनाको गाउँकमिटी चयन गरिएको छ ।
त्यसैगरी प्रदेश सम्मेलनकाे लागि ६ जनालाई निर्विरोध नेतृत्व चयन गरिएको छ । जस्मा चक्रबहादुर खड्का (शिखर) भिमबहादुर वलि,मिश्रिलाल गुप्ता, रामप्रसाद यादव,देबिराम सुनार,(अपिल)पुष्पा यादव, रहनु भएको निर्वाचन अधिकृत बिष्णु बहादुर खत्रीले जानकारी दिनु भयो । यस्तै गाउँकमिटीको अध्यक्षमा खड्का यस अघि पनि गाउँ कमिटी अध्यक्ष हुनुहुन्थ्यो ।
राजपुर गाउँकमिटीका अध्यक्ष चक्रबहादुर खड्का (शिखर) को अध्यक्षता तथा नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य, एवं पूर्वसभामुख कृष्ण बहादुर महराको प्रमुख आतिथ्यता र नेकपा माओवादी लुम्बिनी प्रदेशको सचिवालय सदस्य लुमाकान्त न्यौपाने (सागर)को विशेष अतिथिमा सम्पन्न भएको उक्त कार्यक्रममा प्रमुख अतिथि महराले नेपाली काङ्ग्रेस र नेकपा एमाले पार्टीले आफुहरुले संघर्ष नगर्ने र लाता सोझा जनतालाई अनैतिक रुपमा झुक्याएर,विभिन्न लोभलालज देखाएर आफ्नो पार्टीमा प्रवेश गर्ने कार्य गरेको बताउनु भएको छ ।
पिछडिएका वर्ग,गरिब दुखि,जातीय रुपमा दबिएका दलित,मुस्लिम,सर्वहारा वर्गको हक हितको लागि दस वर्ष लामो संघर्ष गरेर देशमा लोकतन्त्र माओवादीले ल्यायो तर पछिल्लो समय लोकतन्त्रको आडमा काङ्ग्रेस र एमाले पार्टीहरुले नेपाली जनतालाई झुक्याई,फकाई आफ्नो पार्टीमा तान्न खोजेको बताउनु भयो ।
त्यस्तै उहाँले देशमा अहिले गठबन्धनको सरकार चलिरहेको र सो गठबन्धन एउटा आवश्यकताले जन्मिएको बताउनु भएको छ । पाँच दलको ५ बिचारले बनेको गठबन्धन सरकार केही प्रतिगमन व्यक्तिहरु चलखेल गर्न खोजेको समेत उहाँले बताउनु भयो । कार्यक्रममा संक्षिप्त भनाई राख्नु भएका महराले राजपुर गाउँपालिकाको खोला,नाकासंग आफू धेरै परिचीत रहेको र संकटकालमा सोही बाटो भएर आउने जाने गरेको समेत बताउनु भयो ।
यस्तै उहाँले कार्यक्रममा स्वर्गीय सहिद सुल्टानको स्मरण गर्नु भएको छ । म सुल्टानको माध्यमद्वारा आउने जाने गर्थे । त्यस्तै मलाई पुर्ण झाक्री,श्याम बहादुर झाक्रीद्वारा पनि धेरै सहयोग पाएको थिए,त्यसैले म यस गापासंग धेरै सम्बन्धित छु नेता महाराले भन्नू भयो ।
नव प्रवेशीहरुलाई स्वागत गर्दै नेता महराले भन्नू भयो । जनता अटाउने भनेकै माओवादीमै हो,आजसम्म जे चलेको छ माओवादी केन्द्रको भिजनले देश चलेको छ । त्यसैले तपाईहरु जसरी आज माओवादीलाई बुझेर आउनु भएको छ । म सिङ्गो पार्टीको तर्फबाट स्वागत गर्न चाहान्छु,नेता महराले भन्नू भयो ।
त्यस्तै कार्यक्रमका विशेष अतिथि न्यौपानेले गाउँपालिकामा नेतृत्व गलत पर्नाले करोडौंको राजस्व भ्रष्टाचार भएको बताउनु छ । आजको युगमा नेतृत्व गर्ने साशक नभएर,सेवकको आवश्यकता रहेको बताउदै न्यौपानेले राजपुर गाउँपालिकामा पछिल्लो समय करोडौंको राजस्व छलि गरि भ्रस्टाचार भएको बताउनु भएको छ ।
यसैगरी राजपुर गाउँ कमिटीका कार्य समिति सदस्य भोगेन्द्र सिंह राजपुतले स्वागत मन्तव्य राख्दै राजपुर गाउँपालिका भित्र गिट्टी,बालुवामा धेरै भ्रस्टाचार भएको बताउनु भएको छ । जनताले स्वास्थ्य गतिलो पाएका छैनन् । बालबालिकाले गुणस्तरीय शिक्षा प्रदान गर्न पाएका छैनन् । एक छाक राम्रोसंग खान पाएका छैनन् ।
यता गाउँपालिकाको नेतृत्वमा बसेका जनप्रतिनिधिले चिल्लो गाडी चढेर,लमहीबाट ल्याएको मिनरल वाटर उतै लमही फरकाएर लैजाने कस्ता प्रतिनिधि हुन् । आज राजपुर गाउँपालिकामा नसोचेको भ्रष्टाचार भएको छ,राजपुतले भन्नू भयो ।
“म माओवादी मै छु झाक्री”
त्यस्तै नेकपा माओवादी राजपुरका गाउँ कमिटीका सदस्य श्यामबहादुर झाक्रीले आफुले माओवादी छोडेर कतै नगएको बताउनु भएको छ ।
म राजपुर गाउँपालिकाको अध्यक्षमा चुनाव लड्ने क्रममा लगेको ऋण अहिले सम्म तिर्न सकेको छैन । चुनावको समयमा लागेको ऋण तिर्न आज मेरो छोरा खाडी मुलुकमा छ ।
बीचमा श्याम झाक्री यताउता भयो भन्ने बिषयमा म न्युटल बसेको मात्र हो किन भने जतिबेला म भरखरै चुनाव हारेर टाउकोमा ऋण थुपारेर बसेको थिए । त्यतिबेला नै पार्टीले मलाई जिल्ला सदस्यबाट हटाएर घाउमा नुन,चुक छर्किने काम गरेकोले म न्युटल बसेको हो,म दायाँबायाँ कतै गएको छैन,नेकपा माओवादीमै छु,झाक्तीले भन्नू भयो । उक्त कार्यक्रममा दस वर्षे युद्धका सहिद परिवारका सदस्य तथा जेष्ठनागरिकलाई सम्मान गरिएको थियो भने कार्यक्रम शुरु हुनु अघि झाकी एवं जुलुस नारा समेत भव्यरुपमा प्रदशन भएको थियो ।

“पत्रकार खनाल सम्मानित”
पत्रकारिता क्षेत्रमा क्रियाशील रहि दाङ जिल्ला सहित छिमेकी राष्ट्र भारतसँग जाेडिएका समग्र सीमावर्ती क्षेत्रकाे विकासमा पुर्याएकाे उच्च याेगदानकाे मूल्यांकन गर्दै,नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) राजपुरकाे दाेस्राे गाउँपालिका सम्मेलनकाे अवसरमा स्थायी कमिटी सदस्य,पूर्व सभामुख कृष्णबहादुर महराद्वारा दाेसल्ला ओढाइ उत्कृष्ट पत्रकारिता पुरस्कार र कदर-पत्र सहित सम्मान गर्नु भएको थियो ।
“काङ्ग्रेस र एमाले त्यागेर माओवादीमा प्रवेश”
त्यस्तै सो कार्यक्रममा राजपुर गाउँपालिका वडा नम्बर ७ र २ का ५० औं वर्षौं पुराना नेपाली काङ्ग्रेस र नेकपा एमालेका कार्यकर्ताहरुले आफ्नो पार्टी परित्याग गरि तिलक राम यादव,मंगल यादव,हरि गोपाल वलिको नेतृत्वमा दुई सय ५३ जनाले नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
यस्तै नव प्रवेशी कार्यकर्तालाई प्रमुख अतिथि महरा र विशेष अतिथि न्यौपानेले अबिर,फुलमाल लगाई स्वागत भब्य स्वागत गर्नु भएको थियो भने कार्यक्रमको संचालन राजपुर गाउँकमिटीका सचिव बिष्णु प्रसाद यादवले गर्नु भएको थियो ।
