Sidha Patra आइतबार, मंसिर १२, २०७८

चितवन । नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनका केही प्रतिनिधिहरूलाई भीम रावलको पर्चा वितरण गरिएको छ । पर्चा बाँड्दै मूल गेटसम्मै पुगेका रावल पक्षका कार्यकर्ताहरुलाई एमाले स्वयंसेवकहरुले यहाँ पर्चा बाँड्न पाइँदैन भन्दै बाहिर पठाइदिएका हुन् ।

त्यस्तै बन्दसत्रको हलभित्र प्रवेश गर्न लामबद्ध भएकाहरुलाई रावलका कार्यकर्ताहरुले पर्चा वितरण गरेका थिए । ‘मेरो उम्मेदवारी किन’ लेखिएको भीम रावलको पर्चामा रावलले अध्यक्षमा उम्मेदवारी दिनुपर्नाका कारणबारे उल्लेख छ ।

पर्चा हातमा लिइसकेका प्रतिनिधिहरूलाई पनि स्वयंसेवकहरुले बाहिर ननिकाल्न र खल्ती वा झोलामा राख्न आग्रह गर्दै हलभित्र छिराएका छन् ।

आजको बन्दसत्रले केपी शर्मा ओलीलाई सर्वसम्मत अध्यक्ष चयन गर्ने तयारी छ । तर रावलले पनि अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् ।अनलाइनखबर

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]