दाङ । नेपाली कांग्रेस दाङको जिल्ला सभापती पदका लागी आज शंकरप्रसाद डाँगी र भुुपबहादुर डाँगीविच पुनः प्रतिस्पर्धा हुदै छ । सभापति चयनका लागि आज विहान ९ बजेबाट मतदान सुरु हुने निर्वाचन समितिले जानकारी दिएको छ ।
भरपुर स्थित पद्मोदय पब्लिक नमूना माविमा विहान ९ बजे देखी मतदान प्रकृया सुरु हुने भएको छ । हिजोसम्म एक जना सभापती पदका लागि चार जना प्रतिस्पर्धामा रहेका थिए । पार्टीको विधान अनुसार सभापतीमा चयनका लागि ५१ प्रतिशत मत ल्याउनुपर्ने र त्यो भन्दा कम मत ल्याए दुुई जना धेरै मत ल्याएका विचमा फेरी मतदान हुने व्यवस्था छ ।
चार जना मध्ये कुनै पनि उमेद्वारले ५१ प्रतिशत मत ल्याउन नसकेका कारण आज पुनः निर्वाचन हुन लागेको निर्वाचन समितिका सदस्य युवराज बस्नेतले जानकारी दिनुभएको छ । आज सबै भन्दा धेरै मत प्राप्त गर्ने दुई डाँगीविच प्रतिस्पर्धा हुन लागेको छ ।
सभापती पदका लागी प्रतिस्पर्धीमा रहेका मध्ये सबैभन्दा धेरै मत शंकरप्रसाद डाँगीले ७ सय ७६, भुुपबहादुर डाँगीले ५ सय ४६, जानकीलाल बस्नेतले ४ सय ७१ र कमलकिशोर घिमिरेले ३ सय १५ मत प्रप्त गर्नुभएको थियो ।
यस्तै २ जना उपसभापतीका लागि उमेद्वारी दिएका ७ जना मध्ये कमानसिंह भारती र गिरीराज सुुबेदी विजयी हुनुभएको छ । उपसभापती पदका उमेद्वार यकराज आचार्य, प्रदिपकुुमार खड्का, बुुद्धिप्रकाश चौधरी, मिनकेतन चौधरी र यज्ञबहादुुर डाँगीलाई पराजित गर्दै भारती र सुबेदी उपसभापती पदका लागी निर्वाचित हुनुभएको हो ।
कुल मतदाताको संख्या २ हजार १ सय ९२ रहेकोमा २ हजार १ सय ३५ जनाले भोट हालेका निर्वाचन समितिले जनाएको छ । त्यसैगरी, दुुई सचिब पदका लागि उमेद्वारी दिएका ४ जना मध्ये सूूर्यप्रकाश राना र कृष्णप्रसाद सुुबेदीलाई पछि पार्दै बालिका लम्साल र अर्जुुनकुमार योगी निर्वाचित हुनुभएको छ ।
यसैगरी, २ सहसचिब पदका लागि उमेद्वारी दिएका ४ जना मध्ये लक्ष्मि योगी, र हरिप्रसाद भुुसाललाई पछि पार्दै राजुु आचार्य र सुुबोधकुुमार डाँगी निर्वाचित हुनुभएको छ ।
नेपाली कांग्रेसको जिल्ला कार्य समितिमा ७ पदाधिकारी र ४५ जना सदस्य निर्वाचित हुने छन् । जस अनुुसार ६ जना सदस्यमा निर्विरोध निर्वाचित भएका छन् ।