दाङ । नेपाली काङ्ग्रेस दाङको जिल्ला कार्यसमिति चयनका लागि आज भएको मतदान पछि अहिले मतगणना सुरु भएको छ । भरपुर स्थित पदमोदय पब्लिक नमूना माविमा विहान ९ बजे देखी अपरान्ह ४ बजेसम्म मतदान भएको थियोे ।
कुल मतदाताको संख्या २ हजार १ सय ९२ रहेकोमा २ हजार १ सय ३८ जनाले भोट हालेका निर्वाचन समितिले जनाएको छ । पार्टी कार्यालयमा पदाधिकारीहरुको मतगणना सुरुभएको निर्वाचन समितिले जनाएको छ । एक जना सभापति पदका लागि चार जना प्रतिस्पधामा छन् । पार्टीको विधान अनुसार सभापतीमा चयन हुनका लागि ५१ प्रतिशत मत ल्याउनुपर्ने र त्यो भन्दा कम मत ल्याए दुुई जना धेरै मत ल्याएका विचमा फेरी मतदान हुने हुने व्यवस्था छ ।
निर्वाचन समितिले ५१ प्रतिशत मत ल्याउन नसके भोली बिहान ९ बजेदेखी निर्वाचन गर्ने जनाएको छ । सभापती पदमा शंकरप्रसाद डाँगी, भुुपबहादुर डाँगी, कमलकिशोर घिमिरे र जानकीलाल बस्नेत प्रतिस्पर्धी हुनुुहुन्छ । २ जना उपसभापतिका लागि कमानसिंह भारती, एकराज आचार्य, गिरीराज सुुबेदी, प्रदिपकुुमार खड्का, बुुद्धिप्रकाश चौधरी, मिनकेतन चौधरी र यज्ञबहादुुर डाँगीका विचमा प्रतिस्पर्धा भैरहेको छ ।
त्यसैगरी, दुुई सचिब पदका लागि बालिका लम्साल, सूूर्यप्रकाश राना, अर्जुुनकुमार योगी र कृष्णप्रसाद सुुबेदी विच प्रतिस्पर्धा भएको छ । यसैगरी, २ सहसचिब पदका लागि राजुु आचार्य, लक्ष्मि योगी, सुुबोधकुुमार डाँगी र हरिप्रसाद भुुसाल भिड्नुुभएको छ । नेपाली कांग्रेसको जिल्ला कार्य समितिमा ७ पदाधिकारी र ४५ जना सदस्य निर्वाचित हुने छन् । जस अनुुसार ६ जना सदस्यमा निर्विरोध निर्वाचित भएका छन् । निर्वाचन समितिका अनुसार ३९ सदस्यका लागि ८५ जना विचमा प्रतिस्पर्धा भएको छ ।