
Rbs
Mbdvs
Gisld
Pbu
Sds
mbd

Asm
Ggd
Tsm
Rgu
Ssm
Bbu
Gst
Pvg
Rgs
Sbs
Vor
Rgu
Sls
nsb
Bbbpu
Hal
Wsp
Rsb
Ksm

Rmb
sab
Bml
Rpp
Jmb
Abd
Ptm
Gsb
Mks
Jmb
bbt
Pls
Syp
दाङ । जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई दाङको देउखुरी आउने भएका छन ।
उनी सहित पार्टीका बरिष्ठ नेता अशोक राई, केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश कमिटी अध्यक्ष अशोककुमार यादव, केन्द्रीय सदस्यहरू हरिप्रसाद रिजाल, यज्ञ पोख्रेललगायतका नेताहरू देउखुरीको सिसहनियाँमा आउन लागेको पार्टीका जिल्ला सचिब लक्ष्मी चौधरीले जानकारी दिईन ।
पार्टीको केन्द्रीय कार्यक्रम अन्तर्गत जनता समाजवादी पार्टी दाङले यही मंसिर ११ गते देउखुरीको सिसहनियामा आयोजना गर्न लागेको संगठन शुदृढीकरण तथा जनजागरण कार्यक्रमलाई सम्बोधन गर्न नेताहरु देउखुरी आउने भएका हुन ।
संघीयता, सुशासन, समृद्धि र समाजवाद भन्ने मुल नाराका साथ लुम्बिनी प्रदेशको राजधानी दाङको राप्ती गाउँपालिका–५ प्रगतिनगर सिसहनियामा जिल्ला सहित छिमेकी जिल्ला प्यूठान, अर्घाखाँची, कपिलबस्तु र बाँकेबाट समेत नेता कार्यकर्ताको सहभागिता रहने जसपा दाङले जनाएको छ ।
वैकल्पिक राजनीतिक धारको रूपमा स्थापित जसपाको राजनैतिक दृष्टिकोण, सिद्धान्त र आगामी रणनीति लगायतका बिषयमा नेता तथा कार्यकर्ताहरूलाई प्रशिक्षण गर्ने कार्यक्रमसमेत रहेको पार्टीका लमही नगर ईन्चार्ज किशोर कुमार घर्ती मगरले जानकारी दिए । साथै उनले उक्त दिनको कार्यक्रममा उपस्थित भईदिन पार्टीका सम्पूर्ण नेता, कार्यकर्ता तथा दाङ–देउखुरीबासी एवं सञ्चारकर्मी सबैमा अनुरोध समेत गरेका छन् ।
