
Ksb
Gsb
Ssb
Csb
Fmb
Rks
Rsb
jsb
Usb
Ksb
Nsb
Ppu
Ksb
Tgp
Ssb
Bsn

Gsb
Hl1
Tsb
Usb
Ssb

Nps
Rgu
ptl
काठमाडौं । नेपाली कांग्रेसको रुकुमपश्चिम जिल्ला सभापतिमा प्रेमप्रकाश वली सर्वसम्मत चयन भएका छन् । मंसिर ६ गते नै जिल्ला अधिवेशन उद्घाटन गरिए पनि सहमतिको प्रयास गर्दा दुई दिनपछि मात्रै कमिटी चयन भएको हो ।
त्यस्तै सभापतिसहित सबै पदमा सहमतिमा जिल्ला कार्यसमिति चयन भएको निर्वाचन समितिले जनाएको छ । रुकुमलाई दुई जिल्ला बनाइएपछि बनेको रुकुमपश्चिमको जिल्ला सभापतिमा यसअघि पनि वली नै तोकिएका थिए ।
यसैगरी पार्टीको दुई उपसभापति पदमा हर्कसिंह खत्री र सुरतजंग मल्ल चयन भएका छन् भने सचिवमा परमेश्वर भण्डारी र तारक शाही चयन भएका छन् । त्यस्तै समितिले सहसचिव पदमा प्रेमबहादुर खड्का र यज्ञ विष्ट चयन भएको जनाएको छ । कोषाध्यक्षमा मोहवीर खड्का मनोनित भएका छन् ।अनलाइनखबर
