
Gisld
Pbu
mbd
Ksm
Sds
Anm
Gmk
Rbs
Mbdvs

Ggd
Asm
Bbbpu
Gst
Rsb
Rgu
Ssm
Pvg
Ksm
Hal
Vor
Rgu
Sls
Bbu
nsb
Sbs
Tsm
Wsp
Rgs

sab
Rmb
Ptm
Abd
Bml
Jmb
Mks
bbt
Syp
Rpp
Jmb
Pls
Gsb
दाङ । नेपाली कांग्रेस दाङ क्षेत्र नम्बर १ ले क्षेत्रिय समिती र केन्द्रीय महाधिबेशन प्रतिनिधीहरु चुनाबबाट टुँगो लगाएको छ ।
क्षेत्रिय समिती र केन्द्रीय महाधिबेशन प्रतिनिधि चयन गर्नका लागि भेषराज पाण्डेय र सर्बजित डिसी गरि २ प्यानल बिच प्रतिष्प्रधा भएको थियो । क्षेत्रिय समिति र महाधिबेशन प्रतिनिधिमा पाण्डेय प्यानल नै बिजयी भएको छ ।
नेपाली काँग्रेसको १४ औं महाधिवेसन अन्तरगत दाङ क्षेत्र नम्बर १ को क्षेत्रीय सभापतिमा पाण्डेय आफै बिजयी भएका छन । आफ्ना प्रतिद्वण्डी डि.सी. लाई १ सय ६५ मतले पछि पार्दै पाण्डेय क्षेत्रिय सभापतिमा निर्वाचित भएका हुन ।
पाण्डेयले ४ सय २२ मत प्राप्त गर्दा डिसीले २ सय ५७ मत मात्र प्राप्त गरे । पाण्डे यस अघि पनि क्षेत्रिय सभापती थिए । दोस्रो कार्यकालका लागी उनी फेरी चुनिएका छन । क्षेत्रिय सचिवमा खेमलाल चौधरी र हरिहर शर्मा, सहसचिबमा गोबिन्द कुमार वली र प्रकाश कुमार जिसी लगायतका उम्मेदवारहरु निर्बाचित भएका छन ।
त्यस्तै अनुराग खड्काले सर्बाधिक मत प्राप्त गर्दै केन्द्रीय महाधिबेशन प्रतिनिधिका लागि छनौट भएका छन । जिल्लाका उम्मेद्वार मध्य सबैभन्दा कान्छो उम्मेद्वार खड्काले ४ सय ९७ मत प्राप्त गरे । क्षेत्र नम्बर १ का लागि यो मत पहिलो हो । उनी प्रत्यक्ष खुल्लाबाट उम्मेद्वार बनेका थिए । खड्का पुर्ब गृहमन्त्री स्वर्गीय खुम बहादुर खड्काका छोरा हुन ।
त्यस्तै अन्य प्रत्यक्ष प्रतिनिधिहरुमा क्रमश जानकिलाल बस्नेत, कर्ण बहादुर बुढाथोकि, किरण किशोर घिमिरे, कृष्ण किशोर घिमिरे, मधु प्रसाद न्यौपाने, प्रदिपराज शर्मा, मोहन गिरी, हरी प्रसाद भुषाल र चन्द्र बहादुर घर्ती क्षेत्री अत्यधिक मतान्तरले बिजयी भएका छन । प्रत्यक्ष महिला तर्फ खिमादेबी रिजाल, गिरिजा देबी न्यौपाने, धनपती देबी यादब र बिमला नेपाली माधिबेशन प्रतिनिधिमा चुनिएका छन । आदिबासी जनजातीबाट रेशम बहादुर बुढा मगर चुनिएका छन भने मधेशी कोटाबाट अनुराग यादब बिजयी भएका छन ।
त्यस्तै खस आर्यमा खिमा कुमारी अधिकारी र अनुप कुमार थापा बिजयी भएका छन भने दलित कोटाबाट तारा प्रसाद नेपाली चुनिएका छन । थारु कोटाबाट यसोदा चौधरी, शुसिला चौधरी (गोबरडिहा), बिलोचन चौधरी र हिरालाल चौधरी बिजयी बनेका छन भने मुस्लिम/अल्पसँख्यक बाट गुलाम महमद जागा मुसलमान केन्द्रीय महाधिबेशन प्रतिनिधीमा बिजयी बनेका छन ।
बिजयी उम्मेद्वार सबै पाण्डेय प्यानलका हुन । डिसी प्यानलबाट कुनै एक उम्मेद्वार पनि बिजयी बन्न भने सकेनन् । ६ सय ९४ मतदाता रहेको दाङ क्षेत्र नम्बर १ मा ६ सय ८५ मत खसेको थियो ।
