
Fmb
Ssb
Nsb
Ssb
Rsb
Usb
Gsb
Rks
jsb
Ksb
Csb
Tgp
Bsn
Ppu
Ksb
Ksb

Ssb
Gsb
Tsb
Hl1
Usb

Nps
ptl
Rgu
दाङ । लागु औषध ब्राउन सुगर सहित एकजना भारतीय नागरिक दाङबाट पक्राउ परेका छन् ।
सोमबार बेलुका ५ बजेतिर लमही नगरपालिका वडा नम्बर ९ अमिलियामा लागु औषधको कारोबार गरिरहेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयको टोलीले चेकजाँच गर्दा ब्राउन सुगर जस्तो देखिने खैराे पदार्थ फेला पारेपछि भारतको बहराइच तहसिल नानपाराकाका २८ वर्षीय नाइम नाम गरेका व्यक्तिलाई पक्राउ गरेकाे जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
नाइमले सेताे प्लास्टिक कागजमा पाेकाे पारेर राखेकाे अवस्थामा प्रहरीले भेटाएकाे हाे । कागज सहित ४५.५१ ग्राम तौल रहेकाेमा कागज निकाल्दा ४५ ग्राम तौल रहेकाे प्रहरीले बताएको छ ।
त्यस्तै प्रहरीका अनुसार लागु औषध नियन्त्रण ऐन २०३३ को परिच्छेद–३ को दफा १४ को खण्ड (छ) को २ मा भएको व्यवस्थाबमोजिम २५ ग्राम देखि १०० ग्रामसम्मको परिमाण भएमा १० वर्ष कैद र ७५ हजारदेखि २ लाखसम्म जरिवाना हुने प्रावधान रहेको छ ।
