
Ksb
Ssb
jsb
Ksb
Gsb
Fmb
Bsn
Csb
Ssb
Nsb
Usb
Rks
Tgp
Ksb
Ppu
Rsb

Gsb
Tsb
Ssb
Usb
Hl1

Nps
Rgu
ptl
दाङ । लुम्बिनी प्रदेशमा आएदेखि पटकपटक विवादमा मुछिने गरेका डीआईजी मुकुन्द आचार्य लागूऔषध नियन्त्रण व्यूरोमा तानिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
प्रहरी प्रधान कार्यालयको प्रवन्ध निर्देशनालयमा रहेका प्रकाश अधिकारीलाई लुम्बिनी प्रदेशको प्रहरी प्रमुख बनाएर पठाइएको छ । प्रवन्ध निर्देशनालयको जिम्मा भने बसन्त लामालाई दिइएको छ ।
लुम्बिनी प्रदेशका डिआइजी आचार्यलाई यसअघि तत्काल कारबाही गर्न सांसदले समेत माग गरेका थिए । डिआईजी आचार्य यसअघि पटकपटक विवादमा तानिएका व्यीक्त हुन् ।
इलाका प्रहरी कार्यालय बर्दघाटका इन्सपेक्टर कपिल वाग्लेको मृत्यु प्रकरण मुछिएका डिआईजी आचार्य मुछिएका थिए । दाङबाट कोहलपुर जादै गरेका एक व्यक्तिको साथबाट हराएको तीन किलो सुन प्रकरणमा समेत डिआईजी मुछिएको भन्दै विभिन्न सञ्चार माध्यममा समाचार आएका थिए ।
त्यस्तै सुन नै अवैध भएकाले खोजीनिती नभए पनि डिआईजी आचार्य भने यसबारे पूर्णरूपमा जानकार भएको प्रहरी स्रोतको दावी थियो । यस अघि पनि यसबारे हेडक्वार्टरमा पनि खैलाबैला मच्च्चिएको प्रहरी स्रोतले जनाएको छ ।
