
dsbus
Pbu
Rbs
gms
Ddhbs
Gsl
Syees
Csbus
Bksbus5
syysr
Gsbus
Jsbus
Ssbus
Nssbus7
Ratbs
Amb

nsb
Sls
Gst
Hal
Tsm
Rgs
Rsb
Vor
Bbu
Wsp
Pvg
Rgu
Ksm
Asm
Bbbpu
Ssm
Rgu
Ggd
Sbs

Rmb
Mks
bbt
Syp
Bml
Jmb
Ptm
Rpp
Jmb
sab
Pls
Abd
Gsb
दाङ । नेकपा माओवादी केन्द्रका सदस्य नारायणी शर्मा (प्रतीक्षा)ले यतिबेला देश जोसुकैको हातमा भएपनि कमाण्ड गर्ने र एजेन्डा नेकपा माओवादी केन्द्रकै चलिरहेको बताउनु भएको छ ।
नेकपा माओवादी केन्द्र राजपुर गाउँपालिका वडा नम्बर ७ को दोस्रो वडा सम्मेलन कार्यक्रमलाई सम्बोधन गर्न शनिबार सिक्टामा पुग्नु भएका नेता शर्माले दश वर्ष जन युद्धको क्रममा माओवादीले बोकेको प्रमुख एजेन्डा मार्फत नै देशमा विकासका कार्यहरु भैरहेको बताउनु भयो ।
लामो त्याग र तपस्या,बलिदान एवं संघर्षको फल स्वरुप आज देशमा लोकतान्त्र प्राप्त भएको हुँदा सम्पूर्ण दलित,पिछडिएका वर्ग,महिला साथै सर्वहारा वर्ग लगायत आम जनसमुदायले स्वतन्त्र भएर आफ्नो हकहित र अधिकारको लागि आवाज उठाउन सक्ने वातावरण माओवादीले प्रदान गरिदिएको बताउनु भयो ।
आज जो जसले आफ्नो स्वार्थको लागि लोकतन्त्र हामीले गर्दा प्राप्त भएको हो भन्दै बोल्दै हिडेपनि माओवादीले आम जनसमुदायको हकहितको लागि दश वर्षे लामो संघर्ष नगरेको भए यो मुलुकमा गणतन्त्र प्राप्त हुने थिएन शर्माले भन्नू भयो ।
त्यस्तै उहाँले कार्यक्रममा बोल्दै भन्नु भयो,यदि यो मुलुकमा नेकपा माओवादी स्थापना हुन्नथ्यो भने, देशलाई चिथोरेर सिध्याउन बाहिर वा भित्रका सबै तत्त्वका नङ्ग्राहरु फेजिसकेको हुने थियो । तर माओवादीले गर्दा आज ती तत्त्वहरु खुम्चिएका छन् । त्यसकारण यो देश आज हाम्रो माझ सुरक्षित छ शर्माले कार्यक्रममा बोल्दै भन्नू भयो । यस्तै यस ७ नम्बर वडामा सामन्ती फत्ताहरु सलबलाएर यहाँका गरिब,दुखि निमुखा जनतालाई झुठा मुद्दा लगाउने अनि अनाहकरुपमा दुख दिने कार्य बढी भैरहेको छ’,भन्ने खबर मैले यताकता सुनेको छु,´खबरदार यदि जनतालाई दुख दिने कार्य गर्नु भएको छ भने आजैदेखि छोड्नुस नत्र यसको प्रतिफल नराम्रो हुने छ,शर्माले भन्नू भयो ।
त्यस्तै कार्यक्रमका विशिष्ट अतिथि नेकपा माओवादी राजपुर गाउँकमिटीका सदस्य तथा प्रवक्ता भिम वलिले राजपुर गाउँपालिका दाङ जिल्लाको पहिलो पालिकाको रुपमा डुङ्गडुङ्ती गन्धाउने पालिकाको रुपमा चिनिएको बताउनु भएको छ । यो के कारणले हो भन्दा नेपाली काङ्ग्रेसले गर्दा भएको छ,वलीले भन्नू भयो । चिल्लो गाडीमा हिड्ने,दाई जय नेपाल भन्न मात्र जानेकाले एउटा राजनीतिको र समेत थाहा नभएकाहरुले के गरिब,दुखि,निमुखाको हकमा राजनीति गर्छन् वलीले भन्नू भयो ।
यस्तै आज नेपाली काङ्ग्रेसको कुन नेताले नाङ्गो खुट्टा २० वर्ष हिडेर जनताको सेवा गरेर टिकट पाएर चुनाव लडेको रेकर्ड छ भन्नुस् भदै वलिले प्रश्न गर्दै भन्नु भयो,कोही ३० वर्ष जागीर गर्ने,कोही ठेक्कापत्ता गरि तन्न पैसा कमाएर भुडी धरराएर,डकार्ने गरि जब उसलाई कुनै चिजको कमि हुँदैन तब उ राजनीतिमा घुसेर टिकट किनेर चुनाव लडेर राज्य कब्जा गरि राज्यकै सम्पत्ति भ्रष्टाचार गरेर बस्ने प्रविधि अहिले मौलाइरहेको बताउनु भयो ।
वलीले वडा सम्मेलनलाइ सम्बोधन गर्दै भन्नू भयो । कोरोनाको समयमा राजपुर गाउँपालिकाले सुगम ठाउँ सालभौरी र बेलामा क्वारेन्टाइन संचालन गर्यो तर गाउँपालिकाको सबैभन्दा ठुलो वडा ७ नम्बर वडामा क्वारेन्टाइन संचालन नगरेको हुँदा पश्चिम् हाड्बास,भौवा,भैसाही,सुनपत्री नाका लगायतका ठाउँबाट पैदल हिडेर सालभौरी,बेला पुगेर त्यहाँका नागरिक दुख पाउनु समेत पाएर बसे,तर आज गाउँपालिकाले कोरोनाको नाममा ३ करोड १३ लाखको खर्च सार्वजनिक गरेर देखाएको छ ।
यो सरासर भ्रष्टाचार हो आज राजपुर गाउँपालिका नेपालकै सबैभन्दा बढी भ्रष्टाचार गर्ने पालिकाको रुपमा परिचीत भएको छ । यस्तै गाउँपालिका भित्रमा अवैधानिक रुपमा गिट्टी,बालुवाहरु उत्खनन भएर ७ करोड बढी राजस्व छलि भएको समाचार सामाजिक संजाल, पत्रपत्रिकाहरुमा छ्यापछ्यापि आए तर दुखको कुरा त्यसको कुनै सुनुवाइ गाउँपालिकाले गरेन,वलिले भन्नू भयो ।
त्यस्तै नेकपा राजपुर गाउँ कमिटी सदस्य तथा राजपुर गाउँपालिकाका कार्यपालिका सदस्य पुष्कर वलीले राजपुर गाउँपालिकामा भन्नै नसकिने भित्राभित्रै भ्रष्टाचार मौलाएको बताउनु भएको छ ।
आज वडा नम्बर ७ देखि हामी चार जनालाई यहाँका जनताले नजिताएको भए यति धेरै जानकारी हामीलाई हुने थिएन । आन्तरिक रुपमा विभिन्न विकासको नाममा गाउँपालिकाले ठुलो भ्रष्टाचार गरेको बताउनु भएको हो ।
राजपुर गाउँपालिका वडा नम्बर ७ का निवर्तमान अध्यक्ष हर्कबहादुर अधिकारीको अध्यक्षता तथा पार्टीका केन्द्रीय सदस्य नारायणी शर्मा (प्रतीक्षा)को प्रमुख आतिथ्यता र राजपुर गाउँ कमिटीका सदस्य तथा प्रवक्ता भिम वलिको विशेष अतिथिमा सम्पन्न भएको कार्यक्रममा गाउँपालिका कमिटी सदस्य लिलाराम बि.क,वडा कमिटी सदस्य ललिता बि.क,वडा कमिटी सदस्य पदम खड्का,लगायतकाले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।
वडा कमिटी सदस्य डम्बर बहादुर वलिको स्वागत मन्तव्यबाट संचालन भएको कार्यक्रममा १५ जना ६५ वर्ष नाघेका जेष्ठ नागरिकलाई अबिर लगाइ दोसल्ला ओढाएर सम्मान गरिएको थियो भने उक्त कार्यक्रम मार्फत टेकबहादुर राना क्षेत्रीको अध्यक्षतामा नयाँ वडा कमिटी मनोनीत चयन भएको थियो भने कार्यक्रमको संचालन वडा कमिटी सचिव गन बहादुर वलीले गर्नु भएको थियो ।






