
Pbu
Gsbus
Amb
Ssbus
gms
Csbus
Gsl
Nssbus7
dsbus
syysr
Rbs
Ratbs
Jsbus
Bksbus5
Ddhbs
Syees

Gst
Sls
Ksm
Rgs
Ggd
Tsm
Rgu
Sbs
Ssm
Rsb
Hal
Wsp
Rgu
Bbbpu
nsb
Asm
Vor
Bbu
Pvg

Bml
Mks
Syp
Rmb
Jmb
Pls
Ptm
Abd
Rpp
sab
Gsb
bbt
Jmb
दाङ । नेकपा एमालेको आसन्न मंसिर १० देखि चितवनमा सुरु हुन थालेको दशौं राष्ट्रिय महाधिवेशनको तयारी संगै एमाले गढवाले सचिवालय गठन,सल्लाहकार मनोनयन र गाउँपार्टी कमिटीको पुर्णता दिएको छ ।
बुधबार पार्टीका अध्यक्ष बाबुराम अधिकारीको अध्यक्षता र जिल्ला सदस्य सहजराम यादवको बिशेष आतिथ्यमा सम्पन्न बैठकले महाधिवेशन तयारीका लागि बिभिन्न निर्णयहरु गर्दै शोक प्रस्ताव समेत पारित गरेको पार्टीले जनाएको छ ।
महाधिवेशन सफल पार्न एक वडा एक बस कार्यकर्ता चितवन उतार्ने, एक संगठित सदस्य १ सय रुपियाँ उठाउने,आवश्यक आर्थिक अभियान संचालन गरि बस ब्यवस्थापन र झण्डा ब्यानर तयार गर्ने र ९ गते साँझ नै चितवन प्रस्थान गर्ने निर्णय भएको अध्यक्ष बाबुराम अधिकारीले जानकारी दिनु भयो ।
यसैगरी गत कार्तिक ९ मा सम्पन्न पालिका अधिवेशनले पुर्णता दिन बाँकी रहेका ९ महिला सहित २१ ज्ना पालिका कमिटीमा राखी पुर्णता दिइएको पार्टीले जनाएको छ । पालिका स्तरको पहिलो पुर्ण बैठकले भेषराज ढुंगाना संयोजक र ऋषिराज अधिकारी सहसंयोजकमा रहेको १२ सदस्यिय अग्रजहरुलाई समेटेर पालिका स्तरिय सल्लाहकार समिति मनोनयन गरेको छ । जसका थप सदस्यहरुमा धर्मराज योगी,हेमबहादुर थापा,रनबहादुर पुन मगर,खड्क हमाल,स्थानेश्वर पौडेल,मुमाकान्त आचार्य,सन्तबचन यादव, खुमानप्रसाद गोराथोकी,चित्रबहादुर खड्का र जाउनाराण चौधरी रहनु भएको छ ।
त्यस्तै २५ सदस्यिय पार्टीको सचिवालय गठन गरेको एमाले गढवाले जनाएको छ । जसमा बाबुराम अधिकारी,मधा न्यौपाने,शिबराज पन्थी,केशरी गिरि,मानबहादुर वली,शिरे पुरी,देउप्रकाश चौधरी,ढकबहादुर एमसी,भानु यादव,राजेश राउत क्षेत्री,कमल खड्का,सिता थापा,दामोदर ढुंगाना,श्याम बहादुर चौधरी,अब्दुल खालिक सिद्दिकी,बिनोद अधिकारी,बर्षा पाण्डे,बसन्तराज अर्याल,अमित चौधरी,शन्देश अधिकारी,निर्गुण प्रसाद यादव,हेमराज शर्मा अधिकारी,मालीक सिद्दिकी,महेश बुढाथोकी र नरेन्द्रसिंह बुढा रहनु भएको छ ।
यस्तै बैठकले एमाले दाङका नेता सानुनारायण अधिकारी र एमाले गढवाका सचिवालय सदस्य हेमराज शर्मा अधिकारीका दाजू,पार्टीका जिल्ला कमिटी सदस्य लोकराज अधिकारीका बुवा तथा भातृ संगठन युवासंघ नेपाल क्षेत्रनं.१ का सचिव सन्देश अधिकारीका हजुरबुवा साबिक गंगापरस्पुर गाबिसका पुर्व जननिर्वाचित उपाध्यक्ष स्व.नारायण प्रसाद अधिकारीको गत कार्तिक २६ का दिन ७६ बर्षको उमेरमा भएको निधन प्रति गहिरो शोक ब्यक्त गर्दै शोकप्रस्ताव पारित गर्नुका साथै शोकाकूल परिवारजनमा समवेदना प्रकट गरेको छ । कार्यक्रममा जिल्ला कमिटी सदस्य सहजराम यादव,राष्ट्रिय सभाका निवर्तमान सांसद मिना बुढा र पार्टीका पालिका अध्यक्ष बाबुराम अधिकारी लगायतले संबोधन गर्नुभएको थियो । बैठकको सहजीकरण पार्टीका सचिव शिबराज पन्थीले गर्नु भएको थियो ।
