Sidha Patra बुधबार, मंसिर ०१, २०७८

दाङ । दाङ जिल्ला निर्वाचन समितिले नेपाली काङ्ग्रेसको १४ औं महाधिवेसन अन्तरगत हुन लागेको प्रदेश सभा क्षेत्र, प्रतिनिधि सभा क्षेत्र र जिल्ला अधिवेसनको निवार्चन तालिका सार्वजनिक गरेको छ । जिल्ला निर्वाचन समितिले मंसिर ३, ६ र १० गते हुने प्रदेश सभा क्षेत्र, प्रतिनिधि सभा क्षेत्र र जिल्ला अधिबेशनको निर्वाचन तालिका मंगलबार सार्वजनिक गरेको हो ।

मंसिर ३ गते हुने प्रदेश सभा क्षेत्र अधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि ३ गते विहान साढे १० बजेदेखि दिउँसो साढे १ बजेसम्म उम्मेद्धार मनोनयन दर्ता गर्ने र ४ गते बिहान ९ बजेदेखी मतदान सुरु हुने जिल्ला निर्वाचन समितिले जनाएको छ ।

त्यस्तै प्रदेश सभा क्षेत्रीय अधिवेशन निर्वाचन क्षेत्र १ क को गढवा, १ ख को लमही, २ क को घोराही, २ ख को नारायणपुर, ३ क को तुलसीपुर र ३ ख को श्रीगाउँमा हुने भएको छ भने प्रदेश सभा क्षेत्रिय अधिवेशनका लागि मतदान अधिकृत र सहायक मतदान अधिकृत खटाई सकिएको निर्वाचन समितिले बताएको छ ।

यसैगरी मंसिर ६ गते हुने प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन अन्तरगत ६ गते उम्मेद्धारर मनोनयन दर्ता र ७ गते मतदान हुने कार्यतालिका रहेको छ । त्यस्तै मंसिर १० गते हुने जिल्ला अधिवेशनका लागि पनि १० गते मनोनयन दर्ता र ११ गते मतदान हुने निर्वाचन समितिले जनाएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]