
Syees
Ssbus
Bksbus5
Rbs
Ddhbs
Amb
Csbus
Ratbs
Gsbus
dsbus
gms
Pbu
Jsbus
Nssbus7
Gsl
syysr

Sbs
Pvg
Bbu
Rgu
Rsb
Ksm
Vor
Rgu
Asm
Wsp
Gst
Ggd
Sls
Ssm
Rgs
Bbbpu
Tsm
Hal
nsb

Abd
Gsb
Ptm
Mks
Rpp
sab
Rmb
bbt
Bml
Pls
Syp
Jmb
Jmb
दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर ५ खयर भट्टी गाउँमा नेकपा माओवादीका ४५ जना कार्यकर्ताले माओवादी परित्याग गरि नेपाली काङ्ग्रेसमा प्रवेश गरेका छन् ।
नेपाली काङ्ग्रेस राजपुर गाउँपालिका वडा नम्बर ५ ले आयोजना गरेको कार्यकर्ता भेटघाट तथा पार्टी प्रवेश कार्यक्रममा माओवादीबाट वडा नम्बर ५ का प्रत्याशी वडा सदस्य लिलासरी घर्ती र देबकला विश्वकर्माको नेतृत्वमा आज ४५ जनाले प्रवेश गरेका हुन् ।
पार्टी प्रवेश कार्यक्रममा टिप्पणी गरेको कागजमा ४३ जना भएपनि पछिबाट दुई जना थपिएको क्षेत्रीय प्रतिनिधि लालबिर खड्काले जानकारी दिनु भएको छ ।
त्यस्तै नेपाली काङ्ग्रेसमा प्रवेश गर्दै लिलासरी घर्तीले भन्नू भयो म २०५५ सालदेखि निरन्तर काङ्ग्रेस पार्टीलाई भोट दिदै आएको थिए,के गर्ने यस अघिको स्थानीय चुनावमा अलमलिएर माओवादीमा पुगियो,आज मलाई नैई पछुतो लागेको छ । तर अब यो बस्तीबाट हाम्रो टिमको पाउ डगमगाउने छैन,ढुक्क रहनुहोस् घर्तीले भन्नू भयो ।
कार्यक्रममा बोल्दै नव प्रवेशी घर्तीले भन्नू भयो,जनताले चाहने भनेको विकास हो,त्यसैले तपाईहरुले हाम्रो बस्तीको समस्यालाई बुझेर बजेटको व्यवस्थापन गरि दिनुस् । अब आउने चुनावमा यस बस्तीबाट एक मुस्त भोट नेपाली काङ्ग्रेस पार्टीको हुन्छ । हामीले माओवादी पार्टीको धेरै आश गरेउ तर एक पटक पनि घुमेर यस बस्तीमा पाइलाहरु टेक्न आएनन् । त्यसकारण हाम्रो बस्तीले माओवादी परित्याग गर्नु बाहेक अरु केही विकल्प छैन भनेर आज काङ्ग्रेसलाई मनैईदेखि रुचाएर प्रवेश गरेका हौं घर्तीले भन्नू भयो । हाम्रो बस्तीमा विभिन्न पार्टीका नेता तथा कार्यकर्ताहरु केन्द्रसम्म राम्रो पहुँच छ,तपाई हरुको समस्या के हो ?भन्नुस्,भन्दै आउनु हुन्छ । तर दुखको कुरा उहाँहरुले आश्वासन बाड्ने बाहेक अरु केही गर्नु हुँदैन घर्तीले गुनासो पोख्नु भयो ।
नेपाली काङ्ग्रेस पार्टी राजपुर गाउँपालिका वडा नम्बर ६ का वडा सभापति सन्त कुमार चौधरीको सभापतित्व तथा नेपाली काङ्ग्रेस क्षेत्र नम्बर १ का सभापति भेषराज पाण्डेको प्रमुख आतिथ्यता एवं महासमिति सदस्य जानकीलाल बस्नेतको विशेष अतिथिमा सम्पन्न भएको उक्त कार्यक्रममा प्रमुख अतिथि पाण्डेले अब देशलाई काधमा राख्ने जिम्मेवारी नेपाली काङ्ग्रेसलाई आएको बताउनु भएको छ ।
कार्यकर्ता भेटघाट तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि पाण्डेले भन्नू भयो । खयर भट्टी जस्तो देशका धेरै बस्तीहरुमा आफू पुग्दै गर्दा त्यहाँको अवस्था माओवादीले धेरै दुख दिएको मात्र आफुले पाएको बताउनु भयो ।
कार्यक्रममा नव प्रवेशीलाई स्वागत गर्दै पाण्डेले भन्नू भयो तपाईहरुले आज नेपाली काङ्ग्रेसलाई मनैईदेखि चाहेर आएकोमा म लगायत सिङ्गो पार्टीनैइ खुशी भएको बताउँदै आगामी दिनमा सो बस्तीको हरेक विकासको लागि स्थानीय स्तरका नेता तथा कार्यकर्तासंग समन्वय गर्दै क्षेत्रसम्म आएमा आफू क्षेत्रीय सभापतिको हैसियतले दिलदेखि खुलेर सहयोग गर्ने बताउनु भएको छ ।
त्यस्तै कार्यक्रममा विशेष अतिथि नेपाली काङ्ग्रेस पार्टीका महासमिति सदस्य जानकीलाल बस्नेतले नेपाली काङ्ग्रेस पार्टी भनेको यो देशका नेपाली जनताको भएको बताउनु भएको छ ।
कार्यक्रममा बोल्दै नेता बस्नेतले भन्नू भयो,यस् अघिको चुनावमा प्रदेश तथा केन्द्रको नेतृत्व गर्न कम्युनिस्टलाई दिएका हौं र राजपुर गाउँपालिकाको हकमा अध्यक्ष र उपाध्यक्ष बाहेक माओवादीले बहुमत पायो । तर आज परिवर्तनको नाममा माओवादीले के काम गर्यो त ? प्रश्न गर्दै नेता बस्नेतले भन्नू भयो ।
यो मुलुकमा लामो इतिहास बोकेको नेपाली काङ्ग्रेस पार्टीका संस्थापक सभापति विश्वेश्वरप्रसाद कोरालाको पहिलो सोच र चाहना भनेको नेपाली जनताको एउटा घर होस् । दुध खानलाई घरमा दुहुनो गाई वा भैंसी होस् ।
त्यसैगरी बिरामी हुँदा स्वास्थ्य चेक जाँच गर्न र उपचार गर्नलाई अस्पताल होस् । जनताका छोराछोरी चेतनशील एवं शिक्षित हुन र पढ्नको लागि गाउँ,गाउँमा शिक्षण संस्था स्कुल होस् भन्ने प्रमुख चाहाना तथा सिद्धान्त र आदर्श भएको हुँदा यस पार्टीमा सम्पूर्ण नेपाली जनता अटाउन सक्ने नेता बस्नेतले कार्यक्रममा उपस्थित कार्यकर्तालाई बताउनु भयो ।
त्यस्तै कार्यक्रम मार्फत नेता बस्नेतले राजपुर गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष र गाउँपालिका अध्यक्ष तथा उपाध्यक्षलाई खयर भट्टीको बस्तीदेखि सालभौरी जोड्ने बाटोको कार्यलाई तत्काल अघि बढाउन निर्देशन समेत दिनु भएको छ ।
नेपाली काङ्ग्रेस राजपुर गाउँपालिका इकाई सभापति नरेन्द्र सिंह भण्डारीको स्वागत मन्तव्यबाट संचालन भएको कार्यक्रममा महासमिति सदस्य कर्ण बहादुर बुढाथोकी, लोकराज केसी,गिरिजा देवी न्यौपाने, धनपतीदेवी यादव,घनश्याम सुवेदी,तारा प्रसाद नेपाली,लीलाराम खनाल,पवन कुमार यादव,दिनेश गिरी,दिक्पाल योगी,यादव नाथ योगी,पार्वती थापा, कृष्ण बहादुर बस्नेत, प्रकाश जिसी,अमृत खड्का, प्रकाश बस्नेत,वडा नम्बर ५ का वडा सदस्यहरु राधा भण्डारी,माया नेपाली,त्रिलोचन यादव,तारालाल चौधरी लगायत कांग्रेसका नेता तथा कार्यकर्ताहरुले संयुक्तरुपमा नव प्रवेशीहरुलाई दोसल्ला ओढाएर टीका लगाई भव्य स्वागत गर्नु भएको थियो भने कार्यक्रमको संचालन क्षेत्रीय प्रतिनिधि लालबिर खड्काले गर्नु भएको थियो ।![]()



