शिबराज पन्थी/गढवा बिहिबार, कार्तिक २५, २०७८

दाङ । यहि मंसीर १० गतेदेखि ३ दिनसम्म चितवनमा आयोजना गरिएको नेकपा एमालेको आसन्न दशौं राष्ट्रिय महाधिवेशन सफल पार्न एमाले दाङ ब्यापक तयारीमा जुटेको जिल्ला अध्यक्ष टिकाराम खड्काले जानकारी दिनुभयो । एमाले दाङको बुधवार घोराहीमा सम्पन्न बैठकले महाधिवेशन प्रतिनिधी छनोट र जनपरिचालनका काम घनीभुत ढंगले रुपले अगाडी बढाउने निर्णय गरेको पार्टीले जनाएको छ ।

जस अनुसार १ हजार २ सय संगठित सदस्य बराबर एकजना महाधिवेशन प्रतिनिधी छनोट गरिने छ । दाङ जिल्लामा कुल १३ हजार ५ सय ३४ संगठित सदस्य रहेको र बिभिन्न क्षेत्रबाट बढीमा २३ जना महाधिवेशन प्रतिनिधी छनोट गरिने छ । जस अनुसार क्षेत्रनं.१ बाट ६ जना,क्षेत्रनं. २ बाट ८ जना,क्षेत्रनं. ३ बाट ९ जना र दलित निर्वाचन क्षेत्रबाट ३ जना प्रतिनिधी छनोट गरिने छ ।

प्रतिनिधी छनोट र ब्यापक जनपरिचालनका लागि बिहीबार जिल्लाका चारवटै निर्वाचन क्षेत्रहरुमा क्षेत्रिय भेलाहरु सम्पन्न गरिने भएको एमाले दाङले जनाएको छ । जसकालागि क्षेत्रनं.१ मा पार्टीका केन्द्रिय सदस्य शान्ता चौधरी,राष्ट्रिय परिषद् सदस्य रेवतीरमण शर्मा र जिल्ला उपाध्यक्ष हुकुम बस्नेत खटीनु भएको छ भने क्षेत्रनं. २ मा पार्टीका केन्द्रिय सदस्य तथा दाङ जिल्ला इन्चार्ज नरुलाल चौधरी लगायतका नेताहरु खटिनु भएको हो ।

त्यस्तै क्षेत्रनं. ३ मा केन्द्रिय नेता छविलाल ओली र क्षेत्रनं.४ मा केन्द्रिय सल्लाहकार परिषदका सदस्य सम्भू गौतम लगायतका नेताहरु खटिनु भएको छ । पार्टीका बिदेश स्थित संगठनहरुबाट २ महिला सहित ५ प्रतिनिधी छनोट गरिने र २२ वटा जनबर्गिय संगठनहरुबाट २ महिला सहित ५ जनाका दरले प्रतिनिधी छनोट गरिने बिधानमा ब्यवस्था रहेको कार्यक्रममा बताइएको थियो ।

महाधिवेशन सफल पार्न एमाले दाङले ब्यापक कार्यकर्ता परिचालन गर्ने भएको छ । जिल्लाबाट कुल ८ हजार कार्यकर्ता चितवन उतार्ने एमाले दाङले योजना बनाएको जिल्ला सचिव मनोहर बुढाथोकीले जानकारी दिनु भयो । जसका लागी प्रत्येक गाउँपालिकाका हरेक वडाहरुबाट एउटा बस, लमही नगरपालिकाले एक वडा दुइ वस र घोराही तथा तुलसीपुर उपमहानगरले एक वडा ३ वटा बस परिचालन गरी कार्यकर्ताको ब्यापक उपस्थिति गराउने निर्णय भएको एमाले दाङले जनाएको छ ।

त्यसैगरी कृयाशिल जनवर्गिय मोर्चाहरुले एक मोर्चा एक बस कार्यकर्ता उतार्ने योजना रहेको बताइएको छ । पार्टीको बिधान सम्मेलनले पारित गरेको बिधानको धारा २२ बमोजिम सिमित प्रतिनिधी छनोट गरिने र तिन प्रतिनिधी बराबर एक महिला अनिबार्य गरेको छ । प्रतिनिधी छनोट प्रकृयाका लागि पार्टीका इन्चार्ज,सहइन्चार्ज,अध्यक्ष,सचिव र उपसचिव लगायतको ७ सदस्यिय कार्यदल गठन गरिएको छ ।

यस्तै बैठकले गत कार्तिक ६ मा एकै दिन जिल्लका एकसय वडाहरुमा सम्पन्न वडा अधिवेशन र कार्तिक ९ मा सम्पन्न दश पालिका अधिवेशनबाट सर्बसम्मत छानीएका नयाँ नेतृत्वलाई बधाई तथा शुभकामना ज्ञापन गरेको छ भने अधिवेशन सफल पार्न खटिनुहुने सबै नेताहरुलाई धन्यवाद ज्ञापन गरेको छ । बैठकको सहजीकरण जिल्ला सचिव मनोहर बुढाथोकीले गर्नुभएको थियो भने स्वागत हुकुम बस्नेतले गर्नुभएको थियो । बैठकलाई पार्टीका केन्द्रिय सदस्य तथा दाङ जिल्ला इन्चार्ज नरुलाल चौधरी,केन्द्रिय अनुशासन आयोगका डा.अमर गिरि,पार्टीका केन्द्रिय सदस्य शान्ता चौधरी लगायतले संबोधन गर्नुभएको थियो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]