
Csbus
Bksbus5
Amb
Ddhbs
Gsl
Syees
Ratbs
dsbus
gms
syysr
Rbs
Nssbus7
Jsbus
Pbu
Ssbus
Gsbus

Gst
Wsp
Vor
Hal
Ggd
nsb
Sls
Ssm
Sbs
Rgu
Rgs
Rsb
Ksm
Pvg
Asm
Bbu
Tsm
Rgu
Bbbpu

Gsb
Rpp
sab
Syp
Jmb
Abd
Jmb
bbt
Pls
Mks
Bml
Rmb
Ptm
दाङ । यहि मंसीर १० गतेदेखि ३ दिनसम्म चितवनमा आयोजना गरिएको नेकपा एमालेको आसन्न दशौं राष्ट्रिय महाधिवेशन सफल पार्न एमाले दाङ ब्यापक तयारीमा जुटेको जिल्ला अध्यक्ष टिकाराम खड्काले जानकारी दिनुभयो । एमाले दाङको बुधवार घोराहीमा सम्पन्न बैठकले महाधिवेशन प्रतिनिधी छनोट र जनपरिचालनका काम घनीभुत ढंगले रुपले अगाडी बढाउने निर्णय गरेको पार्टीले जनाएको छ ।
जस अनुसार १ हजार २ सय संगठित सदस्य बराबर एकजना महाधिवेशन प्रतिनिधी छनोट गरिने छ । दाङ जिल्लामा कुल १३ हजार ५ सय ३४ संगठित सदस्य रहेको र बिभिन्न क्षेत्रबाट बढीमा २३ जना महाधिवेशन प्रतिनिधी छनोट गरिने छ । जस अनुसार क्षेत्रनं.१ बाट ६ जना,क्षेत्रनं. २ बाट ८ जना,क्षेत्रनं. ३ बाट ९ जना र दलित निर्वाचन क्षेत्रबाट ३ जना प्रतिनिधी छनोट गरिने छ ।
प्रतिनिधी छनोट र ब्यापक जनपरिचालनका लागि बिहीबार जिल्लाका चारवटै निर्वाचन क्षेत्रहरुमा क्षेत्रिय भेलाहरु सम्पन्न गरिने भएको एमाले दाङले जनाएको छ । जसकालागि क्षेत्रनं.१ मा पार्टीका केन्द्रिय सदस्य शान्ता चौधरी,राष्ट्रिय परिषद् सदस्य रेवतीरमण शर्मा र जिल्ला उपाध्यक्ष हुकुम बस्नेत खटीनु भएको छ भने क्षेत्रनं. २ मा पार्टीका केन्द्रिय सदस्य तथा दाङ जिल्ला इन्चार्ज नरुलाल चौधरी लगायतका नेताहरु खटिनु भएको हो ।
त्यस्तै क्षेत्रनं. ३ मा केन्द्रिय नेता छविलाल ओली र क्षेत्रनं.४ मा केन्द्रिय सल्लाहकार परिषदका सदस्य सम्भू गौतम लगायतका नेताहरु खटिनु भएको छ । पार्टीका बिदेश स्थित संगठनहरुबाट २ महिला सहित ५ प्रतिनिधी छनोट गरिने र २२ वटा जनबर्गिय संगठनहरुबाट २ महिला सहित ५ जनाका दरले प्रतिनिधी छनोट गरिने बिधानमा ब्यवस्था रहेको कार्यक्रममा बताइएको थियो ।
महाधिवेशन सफल पार्न एमाले दाङले ब्यापक कार्यकर्ता परिचालन गर्ने भएको छ । जिल्लाबाट कुल ८ हजार कार्यकर्ता चितवन उतार्ने एमाले दाङले योजना बनाएको जिल्ला सचिव मनोहर बुढाथोकीले जानकारी दिनु भयो । जसका लागी प्रत्येक गाउँपालिकाका हरेक वडाहरुबाट एउटा बस, लमही नगरपालिकाले एक वडा दुइ वस र घोराही तथा तुलसीपुर उपमहानगरले एक वडा ३ वटा बस परिचालन गरी कार्यकर्ताको ब्यापक उपस्थिति गराउने निर्णय भएको एमाले दाङले जनाएको छ ।
त्यसैगरी कृयाशिल जनवर्गिय मोर्चाहरुले एक मोर्चा एक बस कार्यकर्ता उतार्ने योजना रहेको बताइएको छ । पार्टीको बिधान सम्मेलनले पारित गरेको बिधानको धारा २२ बमोजिम सिमित प्रतिनिधी छनोट गरिने र तिन प्रतिनिधी बराबर एक महिला अनिबार्य गरेको छ । प्रतिनिधी छनोट प्रकृयाका लागि पार्टीका इन्चार्ज,सहइन्चार्ज,अध्यक्ष,सचिव र उपसचिव लगायतको ७ सदस्यिय कार्यदल गठन गरिएको छ ।
यस्तै बैठकले गत कार्तिक ६ मा एकै दिन जिल्लका एकसय वडाहरुमा सम्पन्न वडा अधिवेशन र कार्तिक ९ मा सम्पन्न दश पालिका अधिवेशनबाट सर्बसम्मत छानीएका नयाँ नेतृत्वलाई बधाई तथा शुभकामना ज्ञापन गरेको छ भने अधिवेशन सफल पार्न खटिनुहुने सबै नेताहरुलाई धन्यवाद ज्ञापन गरेको छ । बैठकको सहजीकरण जिल्ला सचिव मनोहर बुढाथोकीले गर्नुभएको थियो भने स्वागत हुकुम बस्नेतले गर्नुभएको थियो । बैठकलाई पार्टीका केन्द्रिय सदस्य तथा दाङ जिल्ला इन्चार्ज नरुलाल चौधरी,केन्द्रिय अनुशासन आयोगका डा.अमर गिरि,पार्टीका केन्द्रिय सदस्य शान्ता चौधरी लगायतले संबोधन गर्नुभएको थियो ।
