दाङ । दाङदेखि विराटनगरतर्फ जाँदै गरेको बस अनियन्त्रीत भैई दुर्घटना हुँदा १० जना बढी घाइते भएका छन् । दुर्घटनामा परी बसमा सवार १० जना बढी घाइते भएका हुन् ।
त्यस्तै पूर्वपश्चिम राजमार्ग अन्तर्गत बुधबार धनुषाधाम नगरपालिका-६ मालटोलमा दाङबाट विराटनगरतर्फ जाँदै गरेको ना ६ ख ७१०२ नम्बरको बस आफैं अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले बताएको छ । उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ ।
यस्तै बस सडकदेखि २० फिट तल खसेर दुर्घटना भएलगत्तै बसमा आगलागी भएको इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक प्रदीप सुवेदीले बताए । आगलागीपछि बस पूर्ण रुपले जलेर नष्ट भएको छ । दुर्घटनापछि बसका चालक सप्तरीको छिन्नमस्ता गाउँपालिका ५ निवासी ४० बर्षीय भगवतीप्रसाद कर्ण र सहचालक सम्पर्कमा नरहेको र उनीहरुको खोजी कार्य जारी रहेको प्रहरीले बताएको छ ।