Sidha Patra बुधबार, कार्तिक १७, २०७८

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसमा आकर्षण बढिरहेका बेला ललितपुरको गोदावरी नगरपालिकामा नेकपा एमाले र नेकपा माओवादी केन्द्रका नेता कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका छन् । नेपाली कांग्रेस गोदावरी नगर समितिले आयोजना गरेको कार्यक्रममा गोदावरी नगरपालिका–११ का राप्रपा वडाध्यक्ष निलबहादुर देशार, माओवादीको वाइसीएल गोदावरी नगर कमिटी सहइन्चार्ज निरोज महर्जनसहित ३०२ जना कांग्रेसमा प्रवेश गरेका हुन् । त्यस्तै गोदावरी नगरपालिकाका ४ जना नै नेपाली कांग्रेसको वडा सदस्यमा निर्बाचित भएका थिए। नेता देशारको लोकप्रियता कारण वडा अध्यक्षमा निर्बाचित भएका थिए।माओवादी जिल्ला सदस्य उमा बिसुंखे, महिला समूह अध्यक्ष मसलादेवी कहिब, एमालेका श्याम नेपाली, अशोक बिष्ट, ईश्वर केसी, अनिश भण्डारी, महेन्द्र महर्जन, मुकेश नेवा, महेश महर्जन, महेन्द्र महर्जन, नवराज नगरकोटी, सञ्जिव कार्की, सुरेश महर्जन, सानुबाबु नेपाली, किशोर महर्जन लगायतका नेता तथा कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका छन् ।

गोदावरी नगर कार्यसमितिका सभापति प्रदीप जोशीको सभापतित्व तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री एनपी साउँदको प्रमुख आतिथ्यमा एवं नेपाली कांग्रेस ललितपुर जिल्ला सभापति मदनबहादुर अमात्य विशिष्ट अतिथिमा सम्पन्न भएको कार्यक्रममा पूर्व अर्थ राज्यमन्त्री उदयशम्सेर राणा,नेपाली कांग्रेस खेलकुद विभाग सचिव,युवा नेता मीनकृष्ण महर्जन, गोदावारी नगरपालिकाका पूर्व मेयर गजेन्द्र महर्जन लगायतकाले नव प्रवेशीलाई टीका,माला लगाएर कांग्रेसमा भव्य स्वागत गरिएको थियो ।शिरोमणि नेपाली काङ्ग्रेसका युवा नेता ओझाको फेसबुकबाट

हाम्रो टीम

संचालक: मेगमन बुढा
संपादक:कृष्ण जि.एम
निर्देशक:भानु जोशी
क्राईमबिट प्रमुख:सागर थापा
जिल्ला ब्युरो:टेकबहादुर पुन
प्रमुख सम्बाददाताहरु:शिवराज पन्थी,सुशीला (ओली)गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु:टोपेन्द्र खनाल,इराधा झाक्री मगर,शिव बस्नेत,प्राविधिक: मिना थापा,सल्लाहकारहरु:बिपुल पोख्रेल,उदय जि.एम

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधापत्र डटकम
# दर्ता नं. :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८४९८८७५१४
# इमेल :- [email protected]