
Gsbus
Jsbus
gms
Pbu
Gsl
Csbus
dsbus
Syees
Ddhbs
Nssbus7
Ssbus
Amb
Bksbus5
Ratbs
Rbs
syysr

Bbbpu
Bbu
Rsb
nsb
Sls
Tsm
Ssm
Wsp
Gst
Hal
Pvg
Asm
Vor
Ggd
Rgu
Rgs
Rgu
Sbs
Ksm

Mks
Syp
Pls
Jmb
Jmb
Abd
Bml
Rpp
Ptm
bbt
Gsb
Rmb
sab
प्युठान : झिमरुक गाउपालिका–६ चिसाबाङ्गका लेयर्स कुखुरापालक ईश्वरी प्रसाद पोख्रेलको फार्ममा झण्डै १५ हजार लेयर्स जातका कुखुरा छन। दैनिक डेढ टन दाना खपत हुन्छ। दैनिक ४२ पेटि अण्डा उत्पादन हुन्छ। सामान्य अवस्था भए उनले उत्पादन गरेका अण्डा बजार पुगिसक्थे।तर, उनले अण्डा नबिकेपछि फार्ममै थन्क्याउँदै आएका छन् ।’ बन्दाबन्दी नहुँदा सम्म प्रती पेटि २ हजार २ सयको दरले अण्डा बिक्री हुन्थ्यो, उनले भने,’अहिले १३ सय रुपैयामा दिन्छु भन्दा पनि बिक्दैन। अण्डा बिक्री गर्दै आएको पूरै बजार बन्द हुँदा लगानी खेर गएको उनले बताए । ‘ कुखुरापालनमा खर्च बढ्दै गएको छ, दाना पाईएको छैन।’ उनले भने, उत्पादित अण्डा बिक्री गर्न नपाउँदा लगानी नै डुब्छ कि भन्ने चिन्ता छ ।अब घरखेत बेचेर भएपनी घाटा पुर्ती गर्ने त होला उनि भन्छन।’ पोख्रेलका अनुसार हाल खोर र कुखुरामा रु चार करोड जति खर्च भएको छ। उनले फार्ममा प्रत्येक दिन दाना, औषधि, विद्युत् सहित १ लाख १० हजार खर्च हुने सुनाए ।
सरुमारानी –१, बाङ्गेसाल स्थित झिमरुक पोल्ट्री फार्मका संचालक असगर अलीले दाना प्रतिकिलो ५७ रुपैयाँमा खरिद गरी ६ हजार कुखुरा पालिरहेका छन्। फार्मबाट दैनिक १७ पेटि अण्डा उत्पादन हुन्छ। दैनिक यहा ६ क्वीन्टल दाना खपत हुदै आएको छ । उनको फार्ममा करिब एक सय पेटी भन्दा बढी अण्डा थन्किएका छन्। प्रतिअण्डा ९ रुपैयाँमा दिँदा पनि बिक्री नभएको सुनाए। ‘फार्ममा अण्डाको थुप्रीएको छ,’ अलीले भने, ‘कुखुरालाई दाना खुवाउन मात्र दैनिक २५ हजारका दरले खर्च हुन्छ, बैंकबाट ऋण निकालेर ब्याबसाय थालेका हौं, अब कसरी उक्सिने भन्ने चिन्ताले पिरोलेको छ।’ ‘ दाना अभावमा २ सय कुखुरा मरेको उनी बताउँछन्।लकडाउनका कारण ८ लाख रुपैयाँ घाटा बेहोर्नुपरेको बताउदै उनले भने,’ “सरकारले सहुलियत नदिए हाम्रो ब्याबसाय पुरै डुब्छ ”।
प्युठान नगरपालिका–१०, टाकुराका कृष्ण बहादुर के सिको पीडा पनि उस्तै छ। उनको रोजा कुखुरा फार्ममा १० हजार अण्डा बिक्री नभई थन्किएका छन। दुई बर्ष अघि व्यवसाय सुरु गरेका के सि ले नाफा लिने बेला लकडाउनले समस्या पारेको बताए। २ हजार लेयर्स जातका कुखुरा पालन गरेका उनको फार्ममा दैनिक १ हजार ५ सय अण्डा उत्पादन हुन्छ। अण्डा बेच्न नपाएपछि बिग्रिन शुरु भएकाले नष्ट गर्नुबाहेक अर्को विकल्प नभएको गुनासो गरे । हुर्किसकेका कुखुरा छिप्पिन थालेपछि जिल्लाका ब्रोईलर पालक कृषकहरु समेत चिन्तित छन् ।लकडाउनका कारण दानासमेत महँगो हुँदा व्यवसाय नै संकटमा परेको किसानको भनाइ छ।
अण्डा उत्पादक संघ प्युठानका अध्यक्ष राजु थापाले जिल्लाका दर्जन वढि ब्यबसायिले ६० हजार लेयर्स जातका कुखुराबाट उत्पादित अण्डा बेच्न नपाएको बताए ।जिल्ला अण्डामा आत्मनिर्भर रहेको बताउदै उनले भने, ‘ पोल्ट्री ब्याबसाय नै धराशाही हुने खतरा छ।’सरकारले राज्यको लाखौँको अनुदान र कृषकको लगानी जोगाउनका लागी बजार व्यवस्थापनमा सहयोग गर्नुपर्ने बताए।
