Sidha Patra शुक्रबार, आश्विन ०८, २०७८

काठमाडौं । नेपाली कांग्रेसमा संस्थापन पक्षले केन्द्रीय महाधिवेशन एक महिना पछाडि सार्ने प्रस्ताव गरेको छ । बिहीबार साँझ बसेको पदाधिकारी र पूर्व पदाधिकारीहरुको बैठकमा महामन्त्री पूर्णबहादुर खड्काले मंसिर ७ देखि १३ गतेका लागि तोकिएको महाधिवेशन गर्न नभ्याउने बताएका हुन् ।

त्यस्तै बैठक सुरु गरेर प्रधानमन्त्री समेत रहेका पार्टी सभापति शेरबहादुर देउवा हिँडिसकेका थिए । देउवा हिँडेपछि उपसभापति विमलेन्द्र निधिको उपस्थितिमा भएको छलफलमा खड्काले पुसमा केन्द्रीय महाधिवेशन गर्ने प्रस्ताव राखेका छन् ।

क्रियाशील सदस्यता सार्वजनिक नभएकै कारण १३ जिल्लामा वडा अधिवेशन हुन सकेको छैन । २० वटा हिमाली जिल्लामा दशैं अगाडि नै जिल्ला अधिवेशन गर्ने सहमति जुटेको छ । अन्यत्र दशैंतिहारको बीचमा हुनेछ ।

यस्तै देउवा निकट महामन्त्री खड्काले प्रदेश अधिवेशन छठ (२४ कात्तिक) पछाडि गर्ने प्रस्ताव राखेका छन् । यो भनेको मंसिरको पहिलो सातातिर हुनेछ । जबकी पूर्व निर्धारित कार्यतालिकाअनुसार मंसिर ९ मा केन्द्रीय महाधिवेशन उद्घाटन हुनुपर्ने हुन्छ । त्यसैले महामन्त्री खड्काले केन्द्रीय महाधिवेशन एक महिना पछाडि सारेर पुस ९ देखि १३ गतेसम्म गर्ने प्रस्ताव गरेका छन् ।

‘मंसिरको सट्टा पुसमा महाधिवेशन गर्ने प्रस्ताव आएको छ,’ बैठकमा सहभागी एक नेता भन्छन्, ‘यसबारे अहिले कुनै निर्णय भएको छैन ।’ जबकी कांग्रेसले २०७७ भदौ २३ अगाडि नै केन्द्रीय महाधिवेशन गरिसक्नुपर्ने हो । पाँच वर्षे कार्यकाल पुरा गरेर थपिएको ६ महिना २३ भदौमै गुजि्रसक्यो । केन्द्रीय महाधिवेशन गर्न नसकेपछि उसले १८ भदौमा वडा अधिवेशन सुरु गरेर त्यही जानकारी निर्वाचन आयोगलाई दिएको थियो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]