
gms
Ddhbs
Gsl
Jsbus
Nssbus7
syysr
Syees
Rbs
dsbus
Bksbus5
Csbus
Gsbus
Ratbs
Pbu
Ssbus
Amb

Gst
Sls
Rgu
Rgs
Ksm
Bbbpu
Pvg
Ggd
Sbs
Hal
Ssm
Rsb
Asm
nsb
Tsm
Wsp
Bbu
Rgu
Vor

bbt
Bml
Pls
Abd
Jmb
Gsb
Ptm
Mks
sab
Rmb
Rpp
Syp
Jmb
काठमाडौं । नेपाली कांग्रेसमा संस्थापन पक्षले केन्द्रीय महाधिवेशन एक महिना पछाडि सार्ने प्रस्ताव गरेको छ । बिहीबार साँझ बसेको पदाधिकारी र पूर्व पदाधिकारीहरुको बैठकमा महामन्त्री पूर्णबहादुर खड्काले मंसिर ७ देखि १३ गतेका लागि तोकिएको महाधिवेशन गर्न नभ्याउने बताएका हुन् ।
त्यस्तै बैठक सुरु गरेर प्रधानमन्त्री समेत रहेका पार्टी सभापति शेरबहादुर देउवा हिँडिसकेका थिए । देउवा हिँडेपछि उपसभापति विमलेन्द्र निधिको उपस्थितिमा भएको छलफलमा खड्काले पुसमा केन्द्रीय महाधिवेशन गर्ने प्रस्ताव राखेका छन् ।
क्रियाशील सदस्यता सार्वजनिक नभएकै कारण १३ जिल्लामा वडा अधिवेशन हुन सकेको छैन । २० वटा हिमाली जिल्लामा दशैं अगाडि नै जिल्ला अधिवेशन गर्ने सहमति जुटेको छ । अन्यत्र दशैंतिहारको बीचमा हुनेछ ।
यस्तै देउवा निकट महामन्त्री खड्काले प्रदेश अधिवेशन छठ (२४ कात्तिक) पछाडि गर्ने प्रस्ताव राखेका छन् । यो भनेको मंसिरको पहिलो सातातिर हुनेछ । जबकी पूर्व निर्धारित कार्यतालिकाअनुसार मंसिर ९ मा केन्द्रीय महाधिवेशन उद्घाटन हुनुपर्ने हुन्छ । त्यसैले महामन्त्री खड्काले केन्द्रीय महाधिवेशन एक महिना पछाडि सारेर पुस ९ देखि १३ गतेसम्म गर्ने प्रस्ताव गरेका छन् ।
‘मंसिरको सट्टा पुसमा महाधिवेशन गर्ने प्रस्ताव आएको छ,’ बैठकमा सहभागी एक नेता भन्छन्, ‘यसबारे अहिले कुनै निर्णय भएको छैन ।’ जबकी कांग्रेसले २०७७ भदौ २३ अगाडि नै केन्द्रीय महाधिवेशन गरिसक्नुपर्ने हो । पाँच वर्षे कार्यकाल पुरा गरेर थपिएको ६ महिना २३ भदौमै गुजि्रसक्यो । केन्द्रीय महाधिवेशन गर्न नसकेपछि उसले १८ भदौमा वडा अधिवेशन सुरु गरेर त्यही जानकारी निर्वाचन आयोगलाई दिएको थियो ।
