
Gsbus
Pbu
Bksbus5
Ksbus
gms
Jsbus
Ksbus
Ssbus
Rsbus
Ksbus
Bsbus
bpmhl
Nssbus7
Lsbus
Ssbus
Ssbus
dsbus
Csbus
Gsl

Ggd
Rgu
Sls
Pvg
Gst
Vor
Rsb
Ssm
Wsp
Hal
Bbu
Ksm
Asm
Rgs
nsb
Tsm
Rgu
Bbbpu
Sbs

Pls
Rmb
Syp
sab
Mks
Ptm
Jmb
bbt
Gsb
Bml
Abd
Jmb
Rpp
काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले गत सोमबार ल्याएका दुवै अध्यादेश खारेज गर्नु भएको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार अध्यादेश खारेज गर्नूभएको हो ।
राष्ट्रपति भण्डारीले मन्त्रिपरिषद्को सिफारिस अनुसार नेपालको संविधानको धारा ११४ को उपधारा (२) को खण्ड (ख) बमोजिम अध्यादेशहरू खारेज गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ । यसअघि शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले दल विभाजन खुकुलो बनाउने र संवैधानिक परिषद् सम्बन्धी अध्यादेश फिर्ता लिदै अध्यादेश खारेज गर्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई सिफारिस गर्ने निर्णय गरेको थियो ।
पार्टी र जनस्तरबाट सरकारको आलोचना भएपछि शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले अध्यादेश फिर्ता लिने निर्णय गरेको थियो । सरकारले वैशाख ८ गते राजनीतिक दलसम्बन्धी र संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेको थियो । दुवै अध्यादेश सोही दिन राष्ट्रपतिबाट प्रमाणित भएर राजपत्रमा प्रकाशित गरिएको थियो ।
राजनीतिक दलसम्बन्धी अध्यादेशमा पार्टी फुटाउन केन्द्रीय समिति वा संसदीय दलमा ४० प्रतिशत भए पुग्ने र संवैधानिक परिषद्सम्बन्धी अध्यादेशमा प्रतिपक्षी दलको नेताविना परिषद्को बैठक बसेर निर्णय गर्न सक्ने व्यवस्था गरिएको थियो ।
