
Rsbus
Gsbus
Ksbus
Bksbus5
Csbus
Nssbus7
Ssbus
Jsbus
Pbu
Ksbus
Gsl
Bsbus
Ksbus
Ssbus
gms
Lsbus
dsbus
Ssbus
bpmhl

Rsb
Sls
Ggd
Pvg
nsb
Rgu
Rgs
Tsm
Bbbpu
Ssm
Gst
Sbs
Ksm
Hal
Vor
Rgu
Bbu
Asm
Wsp

Rpp
Mks
Gsb
Abd
Jmb
Syp
sab
Ptm
Jmb
bbt
Rmb
Pls
Bml
दाङ । लुम्बिनी प्रदेश सरकार मातहतका निकायविरुद्ध ७९ वटा मुद्दा दर्ता भएका छन् । गत वर्षबाट सरेर आएका मुद्दाको संख्या ४१ वटा छ । आर्थिक वर्ष २०७७÷७८ मा मात्रै ३८ वटा मुद्दा दर्ता भएका छन् ।
त्यस्तै सरकार र मातहतका निकायलाई विपक्षी बनाएर सर्वोच्च अदालतमा ४० वटा मुद्दा दर्ता भएका छन् । यस्तै २३ वटा उच्च अदालत तुल्सीपुर बुटवल इजलासमा,सातवटा उच्च अदालत तुल्सीपुर नेपालगञ्ज इजलासमा,एउटा प्रशासकीय अदालत काठमाडौँ र एउटा जिल्ला अदालत काठमाडौँमा मुद्दा दर्ता भएको हो ।
यसैगरी प्रदेश प्रमुख अमिक शेरचनलाई मुख्य न्यायाधिवक्ता कार्यालयको आर्थिक वर्ष २०७७÷७८ को प्रतिवेदन बुझाउँदै मुख्य न्यायाधिवक्ता श्रीकृष्ण सुवेदीले प्रदेश सरकार विरुद्धमा मुद्दा दर्ता हुनेक्रम बढ्दै गएको बताउनु भयो । यी मुद्दामध्ये १७ वटा फैसला भइसकेका छन् भने ६२ वटा बाँकी रहेको छ । प्रदेशमा सबैभन्दा बढी मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयविरुद्ध ३१ वटा मुद्दा परेका छन् । त्यस्तै भौतिक पूर्वाधार र सामाजिक विकास मन्त्रालयलाई विपक्षी बनाई आठ÷आठ वटा मुद्दा परेका छन् ,भने त्यसबाहेक आन्तरिक मामिला मन्त्रालय,उद्योग, वन वतावरण लगायत विभिन्न मन्त्रालयविरुद्ध मुद्दा दर्ता भएका छन् । प्रदेश सरकारले संविधानको मर्म र भावनाअनुसार काम नगरेका कारण सरकारविरुद्ध मुद्धा दर्ता हुनेक्रम बढेको सुवेदीको भनाइ रहेको छ ।
