
Ssbus
Csbus
Gsbus
Jsbus
Ddhbs
Amb
gms
Nssbus7
Rbs
Ratbs
Gsl
Pbu
Bksbus5
dsbus

Bbu
Bbbpu
Sls
Asm
Pvg
Rsb
Rgs
nsb
Wsp
Gst
Vor
Ksm
Hal
Ssm
Tsm
Rgu
Rgu
Sbs
Ggd

Abd
Jmb
Syp
sab
Jmb
Ptm
Gsb
Rmb
Mks
Pls
Rpp
bbt
Bml
दाङ । गढवा गाउँपालिकाको आर्थिक सहयोग र गढवा गाउँपालिका स्तरीय वाल संजालको आयोजनामा देउखुरीको गढवामा विविध कार्यक्रमका साथ ५७ औं राष्ट्रिय वालदिवस सम्पन्न भएको छ ।
समृद्ध राष्ट्रको मूल आधार–सुरक्षा र मुस्कान सहितको वाल अधिकार भन्ने मुल नाराका साथ पालिका स्तरीय वाल संजालका अध्यक्ष निजाम खानको अध्यक्षता र गढवा गाउँपालिकाका उपाध्यक्ष शान्ती चौधरीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो ।
कार्यक्रममा बोल्दै गढवा गाउँपालिकाका उपाध्यक्ष शान्ती चौरीले वाल अधिकारको संरक्षण,संबर्धन र सदुपयोगकालागि गाउँपालिकाको तर्फबाट यथासक्य भूमिका निर्वाह गरिरहेको बताउदै अधिकार खोज्दा कर्तब्यलाई नविर्सन वालवालीकाहरुलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा गाउँपालिकाका सामाजिक बिकास संयोजक तथा वडा नम्बर ४ का वडा अध्यक्ष गुलाम मोहम्मद जागा मुसलमानले वाल अधिकारको सुनिश्चितता आजको आवश्यकता भएको औंल्याउनु भयो ।
कार्यक्रममा जनता माध्यमिक बिद्यालय गढवाका प्रधानाध्यापक रामसुरत यादव,संजालका संस्थापक अध्यक्ष जगधिश यादव लगायतले बोल्नुभएको थियो ।
सो अवसरमा गत भाद्र २६ गतेदेखि सुरु भएको हाजिरी जवाफ,बक्तृत्वकला, कुर्सीदौड,भलिवल तथा फूटवल खेलमा उत्कृष्ट हुनेहरुलाई शिल्ड,कप र पुरस्कार वितरण गरिएको थियो ।
पुजा यादवको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको संचालन वाल संजालका सचिव अनिल सुनारले गर्नुभएको थियो । कार्यक्रमलाई प्रायोजन गर्ने र सहयोगीको भूमिका निर्वाह गर्ने अतिथीहरुलाई कार्यक्रममा मायाको चिनो र सम्मान पत्रले सम्मान गरिएको थियो ।
