
ssbus
Gsl
nsm
Sssbus1
Pbu
Ssbus
tssbus
Ssbus
Ssbus
Sssbus1

Tsm
Vor
Pvg
Gst
Sls
Rgu
Asm
Bbu
nsb
Bbbpu
Rsb
Rgs
Rgu
Hal
Wsp
Ggd
Ssm
Sbs
Ksm

Bml
Jmb
Ptm
Abd
Mks
sab
bbt
Rpp
Syp
Gsb
Pls
Rmb
Jmb
दाङ । लमहीमा अटोभिलेज स्थापनाका लागि भईरहेको निर्माण कार्य स्थानिय सामुदायिक बन समुहले रोक्न आग्रह गरेको छ ।
लमही नगरपालिका वडा नम्बर ६ र ७ अन्तरगत पर्ने कर्रि सामुदायिक बन उपभोक्ता समुहले सोमबार कार्यस्थलमै गएर निर्माण कार्य रोक्न आग्रह गरेको हो । बन समुह क्षेत्र भित्रको जग्गामा अटोभिलेज निर्माण भईरहेको भन्ने खबर पाए लगत्तै सब डिभिजन बन कार्यालय लमहीले निर्माण कार्य तत्काल रोक्न पत्राचार गरेपछी स्थानिय बन समुहलाई दबाब परेको हो । बन समुहलाई डिभिजन बन कार्यालय देउखुरीको बोधार्थ सहितको सहायक बन अधिकृत छोटेलाल चौधरीको हस्ताक्षेरित पत्र प्राप्त भएको छ ।
सोमबार समुहका अध्यक्ष कृष्ण खत्रीको अध्यक्षतामा तत्काल बन समुहको बैठक बसी निर्माण कार्य रोक्नुपर्ने निर्णय गरेको छ । निर्माण भईरहेको अटोभिलेजका कारण ब्यबसाय बढ्ने भएकाले झन अतिक्रमण बढ्न सक्ने समुहको आशँका छ ।
यसो गर्दा अटोभिलेजका कारण ब्यबस्थित बन्ने लमही बजार उस्तै रहने निश्चित छ । रोजगार, ब्यबसाय व्यापार, ब्यबस्थित लमही बजार सँग प्रत्यक्ष सरोकार राख्ने ‘अटोभिलेज’ लमहीमा आबस्यक्ता पनि हो ।
अटोभिलेज निर्माणका लागी देउखुरी उद्योग बाणिज्य संघ लमहीले निर्माणको कामलाई अघि बढाएको छ । देउखुरीको प्रमुख बजार मानिने लमही बजार क्षेत्रलाई सफा, सुन्दर बनाउन र अतिक्रमित सडकपेटीलाई खाली गराउन बाणिज्य संघ लमहीले अटोभिलेज निर्माणको काम शुरु गरेको हो ।
राजमार्ग क्षेत्रका सडकपेटी अतिक्रमण गरि विभिन्न पसल तथा ब्यबसायका कारण लमही बजारको सौन्दर्यतामा कमि आएको छ । अटोभिलेजका कारण लमही बजारको मुहार फेरिने बिश्वास गरिएको छ ।
अटोभिलेज निर्माण पश्चात् सडक अतिक्रमण गरि पसल संचालन गरेका, विभिन्न किसिमका निर्माण तथा ब्यबसायी सामाग्री बाटोमै थुपारेका, जथाभावी पार्किङ गरेका, बाटोमै रहेका ठेला ब्यबसाय लगायतका क्षेत्रहरु ब्यबस्थित हुनेछन् ।
देउखुरी उद्योग बाणिज्य संघ लमहीको नेतृत्वमा लमही नगरपालिका, लमही अटो एसोशियसन, स्थानीय अटोभिलेज व्यवसायी, वडा प्रहरी कार्यालय लमही लगायतको टोलीले अटोभिलेज निर्माण गर्नको लागी जग्गा छनोट गर्दै निर्माण कार्य शुरु गरेको हो ।
अर्जुनखोला देखि करिब पाँचसय मिटर दक्षिण तर्फ लमही नगरपालिका वडा नम्बर ७ अन्तरगत पर्ने सामुदायिक वनमा रहेको छ विघाह ऐलानी जग्गामा नयाँ अटोभिलेज निर्माण गर्न लागिएको छ । अटोभिलेज निर्माण कार्य स्वागत योग्य रहेको ब्यबसायी हरु बताउछन । बजारलाई ब्यबस्थित गर्न बाणिज्य सँघको नमुना कार्य प्रति आफुहरु खुसी भएको ब्यबसायी बलदेब भण्डारीले बताए ।
निर्माण हुँदै गरेको अटोभिलेज स्थलमा ८६ वटा अटो पार्टस्, दुईवटा सार्वजनिक शौचालय, सिचाँइको लागी डिप बोरिङ्, मन्दिर, प्रतिक्षालय, छ वटा क्यान्टिन, विजुली बत्तिको व्यवस्थापन गरिने लमही अटो ईञ्जिनियरिङ् एसोसियसनको योजना छ । यसो गर्दा ‘अटोभिलेज’ बिकाश सँगसँगै रोजगार सँग प्रत्यक्ष जोडिने बिश्वास गरिएको छ । साथै वासिङ सेन्टर, सोलार बत्ती जडान र अपाङ्गमैत्री शौचालय निर्माण लगायतका योजना रहेको देउखुरी उद्योग बाणिज्य संघका अध्यक्ष खगेश्वर खनालले बताए ।
