
tssbus
Ssbus
nsm
Sssbus1
Ssbus
Gsl
Sssbus1
Ssbus
ssbus
Pbu

Wsp
Bbu
Tsm
nsb
Ssm
Bbbpu
Sls
Ksm
Hal
Ggd
Rgs
Rgu
Gst
Rsb
Sbs
Vor
Pvg
Asm
Rgu

Gsb
Rpp
Mks
Jmb
Pls
Abd
Ptm
Bml
Jmb
Rmb
sab
bbt
Syp
दाङ । देउखुरीको गढवा र राजपुर कार्यक्षेत्र रहेको गढवा उद्योग बाणिज्य संघले गत साउन ८,९ र १० मा राजपुर,गढवा र कालाकाटे तथा पचाहामा कर शिविर संचालन गरि कार्यालयबाट सेवा प्रवाह हुनेगरी पुनः म्याद थप गरेको छ ।
संघको मंगलबार गढवामा सम्पन्न बैठकले संघको कार्यालय गढवाबाट यहि साउन २० गते सम्म ब्यवसायिहरुलाई अन्तशुल्कः,आयकर तथा दर्ता नविकरणको सेवा प्रबाह गर्नेगरी समय थप गरेको संघका अध्यक्ष बुढाले बताउनु भएको छ । ब्यवसायिहरुलाई आन्तरिक राजश्व कार्यालय तुलसीपुरमा जान सहज होस भनि घरदैलोमै कर बुझाउने ब्यवस्थापन राजश्व कार्यालयसंगको समन्वयमा गरेको बताइएको छ । कर बुझाउन छुट्नु भएका ब्यवसायिहरुलाई संघको कार्यालयमा आई बुझाउन संघले ब्यवसायिहरुलाई आग्रह गरेको छ ।
त्यस्तै संघको मंगलबार सम्पन्न बैठकले संघमा आवद्ध ब्यवसायिहरुको हितको लागि ब्यवसायिक सुरक्षा कोष संचालनका लागि थप ब्यवस्थापनको काम सुरु गरेको छ । जसका लागि कर्णली बिकास बैंक गढवामा अलगै खाता संचालन गर्ने निर्णय समेत गरेको संघले जनाएको छ । बैठकले ब्यवसायिक सुरक्षा कोष परिचालन कार्यबिधि निर्माण गर्नका लागि अध्यक्ष खिमबहादुर बुढामगरको संयोजकत्वमा संस्थापक अध्यक्ष युवराज पोखे्रल,निवर्तमान अध्यक्ष रविलाल आचार्य,निवर्तमान लेखा संयोजक हरि पोखे्रल र प्रेस सल्लाहकार शिबराज पन्थी रहेको कार्यदल समेत गठन गरेको संघले जनाएको छ ।
यस्तै ब्यवसायिक सुरक्षा कोष परिचालन कार्यविधिमा ब्यवसायिहरुमाथी भै परि आउने प्रकोपका जटिल समस्यामा सहयोग गर्ने ब्यवस्था गरिने अध्यक्ष बुढा मगरले जानकारी दिनुभयो । संघको बैठकले दाङ जिल्ला उद्योग बाणिज्य संघको संयोजकत्वमा गठन हुन थालेको जिल्ला पर्यटन क्षेत्र समितिमा गढवा उद्योग बाणिज्य संघबाट संघका सदस्य सन्दिप अधिकारीलाई प्रतिनिधीको रुपमा नाम सिफारिस गर्ने निर्णय समेत गरेको संघले जनाएको छ ।
