
Ssbus
Sssbus1
Gsl
nsm
Sssbus1
Ssbus
Ssbus
tssbus
Bs1
ssbus
Pbu

Vor
Sbs
Rgu
Ksm
Hal
Asm
Sls
Rsb
Tsm
Rgu
nsb
Gst
Wsp
Bbu
Rgs
Ggd
Ssm
Bbbpu
Pvg

sab
Jmb
Bml
Rpp
Ptm
bbt
Jmb
Syp
Pls
Mks
Rmb
Gsb
Abd
दाङ । नेपाल प्रेस युनियन दाङ शाखाले पत्रकार महासँघको आसन्न चुनाबमा अन्तरघात गरेको भन्दै ४ जना पत्रकारलाई कारबाही गरेको छ ।
प्रेस सँगठन र प्रेस युनियनको सँयुक्त गठबन्धन रहेको चुनाबमा अन्तरघात गरेर बिपक्षीको प्रचार प्रसार गर्दै गठबन्धनका केही उम्मेदवारलाई हराउनमा प्रमुख भुमिका खेलेको आरोप सहित ४ जना पत्रकार हरुलाई कारबाही गरेको हो ।
एकजना लाई युनियन बाट नै निस्कासन गरेको छ भने ३ जनालाई बर्तमान कार्यसमिति र साधारण सदस्य समेत नरहने गरि ६ महिनाको लागि निलम्बन गरिएको प्रेस बिज्ञप्तीमा उल्लेख छ । युनियनका पुर्ब केन्द्रीय पार्सद तथा साधारण सदस्य ऋषिराम यादबलाई युनियनमै नरहने गरि निस्कासन गरिएको छ । उनी गत चैत २५ गते भएको पत्रकार महासँघ दाङको चुनाबमा बिपक्षी प्रेस चौतारीबाट उम्मेद्वार बनेका थिए । त्यस्तै युनियनकि सहसचिब सपना बोहरा, कार्यसमिति सदस्यहरु पुर्ण प्रकाश बिश्वकर्मा (प्रिया स्मृती गजमेर) र शर्मिला डिसीलाई पदबाट हटाउँदै ६ महिनाका लागि साधारण सदस्य समेत नरहने गरि निलम्बन गरेको छ । कारबाहीमा पर्ने पत्रकार हरुलाई उम्मेद्वार योग्य नभएको ठहर गर्दै आगामी युनियनको अधिबेसन तथा पत्रकार महासँघको चुनाबमा उम्मेद्वार नरहने गरी कुनै किसिमको सहयोग नगर्ने निर्णय समेत गरेको छ ।
उनिहरुकै अन्तरघात र प्रेस सँगठनको आन्तरिक गुटगतका कारण महासँघको चुनाबमा अध्यक्ष सहित केही प्रमुख पद तथा सदस्यहरुले हार ब्यहोर्नुपरेको युनियनको निष्कर्ष छ । अध्यक्ष सहित केही पदमा पराजित भए पश्चात् युनियनले आफ्नै मातहतको छानबिन समिति गठन गरेको थियो । छानबिन समितिले साउन ९ गते यथेष्ट प्रमाण सहित ४ जनालाई कारबाही सहितको प्रतिबेदन तयार पारेपछि प्रेस युनियन दाङ शाखाको शनिबार बसेको बिस्तारित बैठकले अनुमोदन गरेको हो ।
नेपाल प्रेस युनियन दाङ शाखाका कार्यबहाक अध्यक्ष नारायण खड्काको अध्यक्षतामा बसेको बिस्तारित बैठकले छानबिन समितिको प्रतिबेदनलाई अनुमोदन गर्दै कारबाही गर्ने निर्णय गरेको छ । उनिहरु माथी बिपक्षीको प्रचार गरेको, सँगठनको मर्म बिपरित प्रस्तुत भएको, पराजित गराउनमा प्रमुख भुमिका खेलेको, गठबन्धनको पराजित प्रति खुसी ब्यक्त गर्दै सामाजिक सञ्जालमा पोष्टिएको याबत आरोप हरु छन ।
पछिल्लो समय नेपाल प्रेस युनियन दाङ शाखामा उछृङ्खल प्रबृती बढ्दै गएको र सहि बाटोमा दोहोर्याउन यस्तो कदम चाल्नुपरेको कार्यबहाक अध्यक्ष नारायण खड्काले जानकारी दिए ।
