
ssbus
tssbus
Ssbus
Pbu
Ssbus
Sssbus1
Ssbus
Gsl
nsm
Sssbus1

Vor
Sls
Tsm
Rgs
Wsp
Gst
Bbu
Hal
Asm
Ggd
Sbs
Ksm
Ssm
Bbbpu
Rgu
Rgu
Rsb
nsb
Pvg

Pls
Jmb
Syp
Rmb
sab
Rpp
Mks
Jmb
bbt
Abd
Bml
Ptm
Gsb
दाङ । देउखुरीको राजपुर गाउँपालिकाले आर्थिक वर्ष २०७८/०७९ को वार्षिक निति तथा कार्य सहित ५१ करोड,८५ लाख बढी नवौं सभाद्वारा प्रस्तुत गरेको छ ।
कृषि पशुपन्छी वन पैदावार भरपुर सुखी समृद्ध र सुन्दर राजपुर भन्ने मुल नाराको साथमा संचालन भएको नवौं गाउँसभामा आउँदो आर्थिक वर्षको निति तथा कार्यक्रम राजपुर गाउँपालिका अध्यक्ष लोकराज केसीले प्रस्तुत गर्नु भएको हो ।
यस्तै उक्त निति तथा कार्यक्रमको बारेमा राजपुर गाउँपालिका वडा नम्बर ७ का वडा सदस्य लिलाराम बिक,वडा नम्बर ६ का वडा अध्यक्ष श्यामबहादुर रोका,वडा नम्बर १ का अध्यक्ष बिष्ण बहादुर बुढा,वडा नम्बर ५ का अध्यक्ष नरेन्द्र सिंह भण्डारी,वडा नम्बर ७ का वडा सदस्य तथा कार्यपालिका सदस्य निम कुमारी झाक्री,वडा नम्बर ७ का वडा सदस्य पुष्कर वलि लगायतकाले आ-आफ्नो जिज्ञासा् राख्नु भएको थियो ।
त्यस्तै आर्थिक वर्ष २०७८/०७९ को बजेटलाई उपाध्यक्ष धनपती देवी यादवले प्रस्तुत गर्नु भएको छ । यादवले आर्थिक विकास तर्फमा ३ करोड ९० लाख २४ हजार,सामाजिक विकासमा १८ करोड,६६ लाख,११ हजार,पुर्वाधार विकास १२ करोड,९७ लाख २०,वातावरण तथा विपद व्यवस्थापन १ करोड ८५ लाख,संस्थागत विकास सेवा प्रवाह र सुशासन ९ करोड ७० लाख,५७ हजार १ सय १७ बजेट छुटाउनु भएको छ ।
यस वर्ष संघीय सरकारबाट विभिन्न अनुदान मार्फत ४२ करोड १८ लाख ७० हजार ८ सय ३२ र प्रदेश सरकारको विभिन्न अनुदानद्वारा ४ करोड ६४ लाख ७७ हजार ३ सय १०,यस्तै आन्तरिक स्रोतबाट ५ करोड २ लाख २० हजार ९ सय ८४ गरि कुल जम्मा ५१ करोड ८५ लाख ६९ हजार,१ सय १७ रुपैया राजपुर गाउँपालिकामा बजेट रहेकोे छ ।
त्यस्तै बिहीबार आज उद्घाटन भएको नवौं गाउँ सभा असारको २२ गते पुनः संचालन हुने र दुई दिन सम्म बृहतरुपमा छलफल गरि २३ गते उक्त सभालाई सम्पन्न गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद खनालले जानकारी दिनु भयो ।
यसैगरी आर्थिक वर्ष २०७८/०७९ को सम्पुर्ण बजेट कुन क्षेत्रमा के कति विनियोजन भएको छ भन्ने विषयमा बुझ्नको लागि गाउँपालिकाको वेबसाइटमा गएर हेर्न सकिने प्रशासन शाखाका प्रमुख महेश ठेडी थापाले जानकारी दिनु भएको छ ।




