
Ppu
Gsb
Csb
Bsn
Ssb
Nsb
jsb
Ksb
Ksb
Usb
Rsb
Ksb
Fmb
Tgp
Ssb
Rks

Gsb
Hl1
Usb
Ssb
Tsb

ptl
Nps
Rgu
दाङ । लुम्बिनी प्रदेश सरकारले दाङलाई ५१ करोड अनुदान पठाएको छ । आगामी आर्थिक बर्ष २०७८/०७९ कालागि ५१ करोेड १३ लाख ५८ हजार अनुदान पठाएको हो । प्रदेश सरकारले घोराही उपमहानगरपालिकामा १० करोड ५७ लाख ४८ हजार, तुलसीपुर उपमहानगरपालिकामा ७ करोड १ लाख ३६ हजार, लमही नगरपालिकामा ४ करोड ५७ लाख १ हजार, गढवा गाउँपालिकामा ८ करोड १७ लाख ७० हजार, दंगीशरण गाउँपालिकामा ३ करोड ४१ लाख ५३ हजार बजेट छुट्याईएको हो ।
त्यस्तै बंगलाचुली गाउँपालिकामा ३ करोड ४२ लाख ३५ हजार, बबई गाउँपालिकामा ३ करोड ४६ लाख २६ हजार, राजपुर गाउँपालिकामा ३ करोड ४३ लाख ४२ हजार, राप्ती गाउँपालिकामा ३ करोड ६१ लाख ६२ हजार र शान्तिनगर गाउँपालिकामा ३ करोड ४४ लाख ८५ हजार बजेट बिनियोजन गरिएको छ ।
