Sidha Patra शुक्रबार, आषाढ ०४, २०७८

दाङ । देउखुरीको ईलाका प्रहरी कार्यालय गढवाले गए राति २६ थान बढी सालको घप्पु सहित चार जना काठ तस्करलाई पक्राउ गरेको छ ।हिजो राति अन्दाजी १:०० को समयमा गढवा गाउँपालिका वडा नम्बर ५ कक्रहवा स्थित अवैध रुपमा सालको काठ चोरी निकासी भईरहेको गोप्य सूचनाको आधारमा सो कार्यालयका प्रहरी निरीक्षक राजकुमार भट्टको कमाण्डमा १० जना प्रहरी टोली खटिएर कोइलाबासदेखि गढवा तर्फ आउँदै गरेको भे.१च.१८२१नं.को बोलेरो पिकअप गाडीलाई रोकी चेक जाँच गर्ने क्रममा उक्त गाडीबाट अवैध साल जातको २६ थान घप्पु ४५.४९ क्यु फिट काठ र चार जना तस्करलाई गाडी सहित नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक राजकुमार भट्टले जानकारी दिनु भएको हो ।त्यस्तै पक्राउ पर्नेहरुमा गाडी चालक जिल्ला रोल्पा रुण्टिगढी गाउँपालिका वडा नम्बर २ बस्ने वर्ष २१ को महेश पुन,सो स्थानमै बस्ने वर्ष २८ को बसन्त क्षेत्री,सोही वडामा बस्ने वर्ष २२ को बिनोद पुन,उक्त वडामै बस्ने वर्ष २८ को सुशिल घर्तिमगर रहेको प्रहरी निरीक्षक भट्टले जानकारी दिनु भयो । त्यस्तै पक्राउ परेका चार जनालाई थप अनुसन्धानको लागि डिभिजन वन कार्यालय दाङ (देउखुरी) लमहीमा बुझाइएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]