
Csb
Ksb
Ksb
Ksb
Nsb
jsb
Rsb
Tgp
Gsb
Usb
Ssb
Ppu
Rks
Ssb
Bsn

Usb
Ssb
Gsb
Tsb
Hl1

ptl
Nps
Rgu
दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर ४ दुलैया चोक देखि १०० मिटर पूर्व पानी निकासको लागि होम्पाइप थियो । अहिले बन्दै गरेको बाटो होमपाइपलाई मर्मत गर्नको लागि गिट्टी,बालुवा खसालिएको थियो । तर होम्पाइपलाई मर्मत गर्ने ठाउँमा होमपाईपलाई निकाली दिएका छन् । होमपाइपलाई बिगारेर पानी निकासको लागि कुलो कतै निकालेका छैनन् ।
यसरी भरखरै वर्षा शुरू भएको छ,अहिले देखि नै डुबान छ पछि के हुने हो स्थानीय बासीले गुनासो गरेका छन् । अहिले स्थानीय राम फकिरे रैदासको घर डुबानमा परेको छ । गाउँपालिका उपाध्यक्ष धनपती यादवलाई खबर गर्दा म जेसिबी पठाउँछु भन्नु भएको थियो तर अहिले सम्म जेसिबी आइपुगेको छैन ।
