
Pbu
Ssbus
Gsl
Nssbush
Gis
ebg
Bsbus
Gsbus
Lsbus
Ksbus
Ksbus
Gss
Rsbus
Lsbus
Gsbus
Gsbus
Gms
Ses
Gis
Ksbus

Ssm
Sls
Asm
Vor
Rgu
Ggd
Bbbpu
Bbu
Sbs
Rgs
nsb
Hal
Ksm
Pvg
Tsm
Gst
Rsb
Rgu
Wsp

Ptm
Bml
Gsb
Rpp
Jmb
bbt
Abd
Pls
Mks
Jmb
Rmb
Syp
sab
प्युठान । कोरोना संक्रमणको दोस्रो लहर बढीरहेको अवस्थामा भयाभह स्थितीलाई मध्यनजर गर्दै प्युठानमा एक परिवारले स्थानीय तहलाई स्वास्थ्य सामाग्री सहयोग गरेको छ । प्युठान नगरपालिका वडा नं २ दाखाक्वाडी निवासी खानेपानी तथा सरसफाई टेक्नीसियनबाट सेवा निर्बितीभरण हुनुभएका सूर्यबहादुर धामी, उहाँका छोराहरु हाल ऐरावती गाउँपालिका वडा नं १ दाङ्गवाङ्ग स्वास्थ्य चौकीमा कार्यरत(हेल्थ असिष्टेन्ट) प्रवेश धामी र काठमाडौंमा अध्ययन तथा सर्जीकल सप्लायर्समा काम गर्दै आउनुभएका मदन धामीले संयुक्त रुपमा स्थानीय तहलाई स्वास्थ्य सामाग्री सहयोग गर्नुभएको हो ।
यो परिवारले प्युठान नगरपालिकालाई स्वास्थ्य सामाग्री पि.पि.ई. २ सेट, सर्जीकल मास्क ५ सय पिस, सेनिटाईजर ५०० एम.एल.को १ पिस, ग्लोब्स ६ जोडी, फेस सिल्ड १ पिस र पत्ता स्याटाईजर सहयोग गरेको छ। त्यस्तै ऐरावती र माण्डवी गाउँपालिकालाई पनि स्वास्थ्य सामाग्री सहयोग गरिएको छ । यी दुई पालिकालाई प्रति पालिका पिपिई २ सेट, मास्क ५०० पिस, ग्लोब्स ६ जोडी, फेस शिल्ड १ पिस र पत्ता स्यानिटाईजर सहयोग गरिएको हो । कोभिड १९ को संक्रमण बढीरहेको अवस्थामा यसबाट बच्नका लागि स्थानीय तहलाई केही सहयोग होस भन्ने उदेश्यले सामाग्री हस्तान्तरण गरिएको सहयोगदाता प्रवेश धामीले बताउनुभयो । सामाजिक सेवा गर्ने उदेश्यले सामाग्री सहयोग गरिएको उहाँको भनाई छ।
कोरोना संक्रमणको समयमा केही स्वास्थ्य सामाग्री सहयोग गरेकोमा स्थानीय तहका प्रमुखहरुले उक्त परिवारलाई धन्यवाद समेत दिएका छन् । धामी परिवारले यस पूर्व प्युठान नगरपालिका वडा नं १ र २ लाई स्वास्थ्य सामाग्री सहयोग गरेको थियो भने आगामी दिनमा पनि सहयोग गर्ने जनाएको छ ।
