
Gmk
Rbs
Anm
Mbdvs
Sds
Ksm
Gisld
Pbu
mbd

nsb
Ssm
Wsp
Rgu
Rgu
Hal
Ksm
Bbbpu
Asm
Sbs
Tsm
Sls
Rsb
Rgs
Pvg
Bbu
Ggd
Vor
Gst

Rmb
Mks
Bml
Pls
bbt
sab
Jmb
Abd
Syp
Jmb
Ptm
Rpp
Gsb
प्यूठान। प्यूठानको ऐरावती गाउँपालिका- १ बेलबोटमा आईतबार अपरान्ह आगलागी हुँदा १५ वटा घर-गोठ जलेर नष्ट्र भएका छन्। आगलागीबाट ७ वटा घर र ८ वटा गोठ जलेर पूर्णरुपमा नष्ट भएको वडाअध्यक्ष दोर्णप्रसाद पाण्डेले जानकारी दिनु भयो ।
उहाँका अनुसार स्थानीय नुमबहादुर घर्ती, पदम बहादुर सारु,रामबहादुर घर्ती,मिलन घर्ती, बलबहादुर घर्ती र हिरा बहादुर सारुको घरगोठ जलेर नष्ट भएको हो ।स्थानीय श्याम बहादुर आलेको खरले छाएको गोठबाट आगो सल्किदा अन्य घर र गोठमा पूर्ण रुपमा क्षती भएको हो । आगोलागीबाट आलेको एउटा पाडो समेत जलेर मरेको छ।
त्यस्तै आगलागीबाट करिब ६० लाख बराबरको क्षती भएको प्रारम्भिक अनुमान गरिएको स्थानीय वडा सद्स्य जीत बहादुर सारुले जानकारी दिनुभयो। ‘आगोले सबै जलेर खरानी भयो,उहाँले भन्नुभयो,’ शरिरमा एकसरो कपडा बाहेक पीडितको अरु केहि बचेन।’आगोले आठ घर परिवारका ४० जना भन्दा बढी बिचल्लिमा परेको उहाँको भनाई छ ।
यस्तै गोठमा केटाकेटीले आगो बाल्दा आगलागी भएको हुनसक्ने स्थानीयको अनुमान छ । अहिले घटनास्थलमा पुगेर प्रहरीले क्षतीको बिबरण संकलन गरिरहेको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी नायव उपरीक्षक सुनिल मल्लले जानकारी दिनुभयो । आगलागी पीडितहरुलाई जिल्ला बिपद व्यबस्थापन समितीबाट राहत बितरण गरिने प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले बताउनुभयो। स्थानियको सहयोगमा आगो पुर्ण रुपमा नियन्त्रणमा आएको प्रहरीले बताएको छ।
