
Ssbus
Gsbus
Csbus
Gsl
gms
Amb
Nssbus7
Jsbus
dsbus
Rbs
Bksbus5
Ddhbs
Ratbs
Pbu

Gst
Vor
Rgs
Pvg
Sbs
Wsp
Ssm
Sls
Bbu
Rsb
nsb
Ggd
Ksm
Hal
Rgu
Tsm
Bbbpu
Asm
Rgu

Jmb
Pls
Rmb
Syp
sab
bbt
Abd
Rpp
Jmb
Bml
Gsb
Ptm
Mks
दाङ । कोरोना भाइरस (कोभिड-१९) पछिल्लो समय केन्द्र,प्रदेश,जिल्ला,पालिका हुँदै प्रत्येक बस्ती र घर घरमा पुगिसकेकोले यो महामारीसंग कसरी बच्न सकिन्छ,अबको विकल्प के हो ? कसरी बच्ने र कसरी बचाउने भन्ने विषयमा राष्ट्रिय जनमोर्चा पार्टी जिल्ला दाङका अध्यक्ष गणेश आचार्यले अनुरोध सहित आम नागरिक माझ दिएको जनचेतनामूलक सन्देश आजको सिधापत्र डटकम अनलाइन पत्रीकामा ।
सम्पुर्ण आमा- बुवा, दाजुभाइ तथा दीदीबहिनीहरुमा नमस्कार !
अहिले विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरस एसियाका देशहरूमा बिकराल बन्दै छ । त्यसमा पनि भारत र नेपालमा भएको संक्रमणले हामीलाई प्रत्यक्ष प्रभाव पारिरहेको छ । अघिल्लो बर्ष नेपालमा चिनबाट आएको एक जना मान्छेलाई संक्रमण हुँदा हामी देश भरीका मानिसहरु सचेत र साबधान भएका थियोे । पछि क्रमश अर्को जना , अर्को प्रदेश,अर्को जिल्ला,अर्को पालिका,अर्को वाडा,अर्को टोल,अर्को घर हुँदै अहिले घर घरमा कोभिडको संक्रमण पुगेको छ । तर हामी गम्भीर भैराखेको अबस्था छैन । हामी अहिले पनि स्वास्थ्य मापदण्डमा पछाडी छौ । सरसफाइ गर्दैनौ,एक पटक लगाएर फुकालेपछी अर्को पटक लगाउदा सुरक्षा गर्न नसक्ने सर्जिकल मास्क हप्तौं सम्म लगाउछौ ।
स्यानिटाइजर लगाउने र पटक पटक हात धुने कुरामा अल्छि गर्छौ ।
हाम्रो पुरानो बुझाइ छ,बिरामी त होइन सामान्य रुघाखोकी लागेको हो ” भन्ने । अहिले त्यही सामान्य रुघाखोकी नै कोभिड हुन सक्छ । सामान्य भनेर हेपेको रोगले अन्त्यमा उपचार नै गर्न नपाएर ज्यान लिन सक्छ । कोभिडको उपचारको लागि औसधिको साथमा भेन्टिलेटर,आइसियु र अक्सिजन अत्याबस्यक हुन । तर हामीसंग यी सबै चिजको अभाब छ । हामीसंग आर्थिक श्रोत नै छैन । जो संग आर्थिक श्रोत छ उसले पनि खरिद गरौ भन्दा पनि पाउदिन । अहिलेको संक्रमणको रेसियोलाइ हेर्दा हामिले भारतलाई पनि उछिनेका छौ । किन यसरी संक्रमण बढिराखेको छ ? यो विषय सरकार गम्भीर बन्न र अध्ययन गरि समाधानको बाटो खोज्न जरुरी छ । नेपाल र भारतमा पछिल्लो समयमा ठुला ठुला जमघटका कार्यक्रमहरु भए । भारतमा किसान आन्दोलन,कुम्भ मेला ठाउँ ठाउँका चुनाब । नेपालमा नेकपाको बिभाजन र संसद विघटन पछी ठुला ठुला प्रतिस्पर्धात्मक जमघटहरु भए ।
यसले पनि संक्रमण फैलाउनको लागि मुख्य भुमिका खेल्यो भन्ने लाग्दछ । अहिले हाम्रो जिल्ला विशेष संकटमा छ । हामिले जिम्मेवारी पुर्बक यो संकटको समाधान गर्नु छ । त्यसको लागि सबै भन्दा ठूलो , सस्तो र उपयुक्त उपाय भनेकै नागरिकको सचेतना नै हो । हामीले जसरी पनि ब्यक्तिगत दुरी मिलाउनै पर्छ । स्यानिटाइजर प्रयोग गर्नै पर्छ । हरेक नयाँ काम र नयाँ बस्तुलाइ छोएपछि साबुन पानीले हात धुनै पर्छ । सामान्य रुघाखोकी र लक्ष्यण देखियो भने सके पिसिआर नै गर्ने नभए स्वास्थ्यकर्मी वा चिकित्सक लाई देखाएर औसधि सेबन गर्नै पर्छ । इमर्जेन्सी काम बाहेक घर बाहिर निस्कनै हुदैन । टोल टोलले आफ्नो टोल सुरक्षाको योजना बनाउनै पर्छ । वाड र पालिकाले पिसिआर र उपचारको ब्यबस्था सहित अक्सिजन सहितको आइसोलेशन राख्नै पर्छ ।
त्यस्तै सबै राजनीतिक पार्टी,सामाजिक संघ संस्था र सचेत नागरिकले आ-आफ्नो ठाउँमा स्वास्थ्य मापदण्ड लागू गर्नको लागि नागरिक सचेतनाको काम गर्नै पर्छ । कोही पनि हतोत्साहित हुनु हुँदैन तर गैरजिम्मेवार हुनु पनि हुँदैन । सबै पालिकाका स्वास्थ्यकर्मीलाई विशेष सुरक्षा र सुबिधाका साथ स्थानीयरुपमा स्वास्थ्य सहजीकरण र सचेतनाको लागि परिचालन गर्नुपर्छ । जिल्ला स्तरमा स्वास्थ्य बिग्य टिम बनाएर अध्ययन र अनुगमन गर्नु पर्छ । सबै आ-आफ्नो ठाँउमा लागौ कोरोना हामी सजिलै जित्छौ । भद्रगोल,अस्तब्यस्तता र स्वार्थ केन्द्रित काम गराइले आफैलाइ खानेछ । हस्त धन्यवाद
