
Ksm
Rbs
Sds
Pbu
Gisld
Anm
mbd
Gmk
Mbdvs

Sls
Rgs
Bbbpu
Hal
nsb
Asm
Vor
Rgu
Rsb
Sbs
Tsm
Ssm
Ggd
Gst
Bbu
Ksm
Rgu
Pvg
Wsp

Gsb
Abd
sab
Pls
Jmb
bbt
Jmb
Rmb
Mks
Syp
Ptm
Rpp
Bml
दाङ । कोरोना संक्रमण भई युनिभर्सल मेडिकल कलेज भैरहवाको आइसियू कक्षमा लामो समयदेखि उपचाररत नेपाल पत्रकार महासंघ दाङका साधारण सदस्य रेडियो हापुरेमा कार्यरत पत्रकार लक्ष्मण बस्नेतको उपचारका लागि नेपाल पत्रकार महासंघ दाङ शाखाले आर्थिक सहयोग गरेको छ ।
त्यस्तै पत्रकार बस्नेतको उपचारमा आर्थिक समस्या भएकोले पत्रकार महासंघ दाङ शाखाको पत्रकार सहायता कोषबाट तत्काल १५ हजार रुपयाँ सहयोग गरिएको पत्रका महासंघका अध्यक्ष दुर्गालाल केसीले जानकारी दिनु भयो । यस्तै पत्रकार बस्नेतको उपचारमा अझै समस्या भएकाले सम्पूर्ण सञ्चार संस्था, पत्रकार लगाएत अन्य सहयोगी हरुलाई आर्थिक सहयोग गरी जीवन बचाउने एक मानवीय कर्ममा सरिक भैदिन संघका सचिव आर के शितलले सम्पुर्णमा अनुरोध गर्नु भएको छ ।
त्यस्तै हालसम्म पत्रकार बस्नेतको उपचार खर्चको लागि सरस्वती जनता मावी गङटेका बिज्ञान शिक्षक अरुन कुमाइले रु ३ हजार सहयोग गर्नुभएको छ । यस्तै प्रेस चौतारी नेपाल दाङका साधारण सदस्य हिमाल खड्काले नगद १ हजार सहयोग गर्नु भएको छ भने प्रेस चौतारी नेपाल दाङ शाखाले १० हजार सहयोग गर्ने निर्णय गरेको म्यानेजर राम्जाले जानकारी दिनु भयो ।
त्यसैगरी सहयोग रकम रेडियो हापुरेका स्टेशन म्यानेजर प्रेमबहादुर राम्जाको नाममा रहेको नेपाल बङ्गलादेश बैंक लिमिटेड हापुरे शाखाको बचत खाता नम्बर ०६४००२१५२ i (शुन्य छ चार शुन्य शुन्य दुई एक पाँच दुई आई) मा जम्मा गरिदिन हुन सम्पुर्ण सहयोगी मनलाई हार्दिक अपिल स्टेसन म्यानेजर राम्जाले गर्नु भएको छ ।
