
Ksm
Rbs
Gisld
Pbu
mbd
Gmk
Anm
Sds
Mbdvs

Pvg
Vor
Rgu
Wsp
Hal
Tsm
Ksm
Rgu
Bbu
Rsb
Sls
Asm
Ssm
Ggd
Gst
Rgs
nsb
Bbbpu
Sbs

Mks
Gsb
Ptm
Pls
Abd
Syp
Rmb
sab
Jmb
bbt
Jmb
Bml
Rpp
दाङ । शान्तिनगर गाउँपालिका वडा नम्बर १ की भविसरा घर्तीले करिव दुई बर्ष अगाडीवाट कृषि कर्ममा रमाउन थाल्नुभएको छ । उहाँले घोराही १७ ओखरामा भविश्य लक्ष्मी बहुउद्देश्य कृषि फर्म प्राली स्थापना गर्दे व्यावसायिक लोकल कुखुरा, बदिया भाले, फाइटर भाले, टर्की, बट्टाई पालन गर्न लाग्नुभएको हो ।
बार्षिक १५ हजार रुपैँया तिर्ने गरी पाँच कठ्ठा जमिन भाडामा लिएर व्यावसाय थाल्नुभएको हो । उहाँको फर्ममा अहिले साढे चार सय बट्टाई र तीन सय कुखुरा छन् । फर्म अण्डा, बच्चा तथा मासुका लागि बट्टाई रहेको जानकारी गराउनुभयो ।
उत्पादीत अण्डाहरु दैनिक रुपमा घोराही स्थित सहकारी बजार लगाएत डिपार्टमेन्ट स्टोरमा निर्यात गर्ने गरेको भएपनि हालभने अहिले कोरेना संक्रमणका कारण केहि प्रभावित भएको जानकारी गराउनुभयो । एउटा बट्टाईको अण्डालाई ६ रुपैँयाका दरले बिक्रि गर्दे आएको जानकारी गराउनुभयो ।
तर लकडाउनको समयमा भने केही समस्या भएको छ । आगामी दिनमा व्यावसायलाई बढावा दिदै लैजाने सोँच बनाएको उहाँको भनाई छ । उहाँका अनुसार सुरुमा करिव ६ लाख रुपैँयाको लगानीमा व्यावसाय सुरु गरिएको थियो । हाल बार्षिक रुपमा खर्च कटाएर तिन लाख बढी बचत हुने गरेको जानकारी गराउनुभयो । बटाईको मासु र अण्डाले स्वास्थ्यमा समेत फाईदा पुर्याउने हुँदा यसको बजारीकरण पनि राम्रो भएको उहाँ बताउनुहुन्छ ।
तर कोरोना संक्रमणबाट बच्नको लागि गरिएको लकडाउनका कारण व्यवसाय प्रभावित भएको छ । अण्डा र मासुका लागि बजारसम्म विक्रिवितरणका लागि लैजान असहज भएको घर्तीको भनाई ।
