
Pes
Rgp
Unsku
sbs
Djs
Ggp
Sgr
pku
Gfs
Rgp1
Lnp
cjs
Srbpu
Pbu

nsb
Rgu
Rgs
Ssm
Bbbpu
Ksm
Pvg
Sbs
Tsm
Rsb
Hal
Gst
Vor
Rgu
Ggd
Asm
Sls
Bbu
Wsp

Jmb
Rmb
sab
Bml
Abd
bbt
Mks
Jmb
Ptm
Rpp
Pls
Syp
Gsb
दाङ । रोल्पाको लिबाङबाट दाङको घोराही तर्फ आउँदे गरेको स्कार्पियो दूर्घना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने थप दूई जना गम्भीर घाइते भएका छन् ।
दूर्घटनामा मृत्यु हुनेमा घोराही उपमहानगरपालिका वडा नं. १३ का अन्दाजी ३४ बर्षीय बिष्णु गिरी रहेको दाङ जिल्ला प्रहरी प्रबक्ता डिएसपी मुकुन्दप्रशाद रिजालले बताए ।
उक्त दूर्घटनामा परि तुलसीपुर उपमहानगरपालिका वडा नं. ४ घर घोराही १७ मा बस्दै आएका ३५ बर्षीय राजकुमार थापा र तुलसीपुर १६ का २३ बर्षीय बशन्त भण्डारी गम्भीर घाइते भएका छन् । डिएसपी रिजालका अनुसार उनीहरुको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको छ । स्कार्पियो चालक गिरीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
घोराही–कमेरेचौर सडक खण्ड अन्तरगत घोराही उपमहानगरपालिका वडा नं. ४ ओइरेनीमा बुधवार बिहान ७ बजेतिर उक्त दूर्घटना भएको थियो । रोल्पाको लिवाङबाट दाङको घोराही तर्फ आउँदै गरेको बा १३ च ८०४८ नम्बरको स्कार्पियो सडकदेखि झन्डै ५ ÷ ६ सय मिटर तर खसेको प्रहरीले जानकारी दिएको छ ।
त्यस्तै घाइतेलाई तत्कालै उद्धार गरि अस्पताल ल्याएपनि मृतकको शव अझैं घटनास्थलमै रहेको र त्यो शवपनि निकाल्ने प्रयास भइरहेको डिएसपी रिजालले जानकारी दिए । अहिले दुबै घाइते बोल्न सक्ने अवस्थामा नरहेको हुँदा दूर्घटनाको कारण अझैं थाहाँ हुन नसकेको प्रहरीले जनाएको छ ।
