Sidha Patra सोमबार, बैशाख २०, २०७८

दाङ । तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ स्याउली बजारमा पार्किङ गरेर राखिएको गाडीमा तीन बच्चा मृत भेटिएपछि नागरिक त्रसिद बनेका छन् ।

यसलाई जिल्लाको ठूलो घटनाका रुपमा लिईएको छ । प्रहरीले नेपालगञ्जबाट कुकुर ल्याएर पनि अनुसन्धान ग¥यो । तर, शव सडिसकेकाले कुकुर खासै घटनाका बारेमा पत्ता लगाउन सकेन ।

किनकी घटना भएको २४ घण्टा भित्र भएमा कुकुरलाई सहज हुन्छ । गाडी रिमोर्ट वाला हो । रिमोर्ट वाला गाडीमा भित्र मान्छे कसरी पस्यो, भन्ने मै अनुसन्धान केन्द्रित छ ।

ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार आफूहरु पोष्टमार्टम रिपोर्टको प्रतीक्षामा रहेको र, त्यो रिपोर्ट आएपछि मात्रै थप अनुसन्धान अघि बढाईनेछ ।

उनको अनुसार आज साँझसम्म वा भोली विहानसम्म पोष्टमार्टमा रिपोर्ट आईपुग्नेछ । अहिले गाडी धनी यादव गैरे र चालक पदमबहादुर बस्नेतलाई म्याद थप गरेर अनुसन्धान गरिरहेको छ । माघ १ गतेदेखि घर अगाडी पार्किङ गरेर राखेको भारतीय नम्बर प्लेटको आरजे सीसी ०८८५ नम्बरको गाडीमा तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ गाइडहर बस्ने भीमबहादुर परियारका १० बर्षीय छोरा सन्देश परियार, सन्तोष परियारका ७ बर्षीय छोरा सुवर्ण परियार र किरण परियारका ७ बर्षीय छोरा करण परियार मृत भेटिएका थिए ।

उनीहरुका परिवारले सत्यतथ्य छानविन नहुँदासम्म शव नबुझ्ने अडान राखेका छन् । दलित अधिकारकर्मी हिरालाल सुनारका अनुसार उचित क्षतिपूर्ति दिनुकासाथै सत्यतथ्य छानविन नहुँदासम्म परिवारले शव नबुझ्ने बताउँदै आएका छन् ।साभार तुलसीपुर अनलाइन

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]