
Ksm
Gmk
Gisld
Mbdvs
Anm
Pbu
mbd
Sds
Rbs

Vor
Asm
Rsb
Sls
nsb
Rgu
Wsp
Tsm
Pvg
Sbs
Hal
Rgs
Rgu
Ggd
Ssm
Bbu
Bbbpu
Ksm
Gst

Syp
Pls
Rpp
Jmb
sab
Bml
bbt
Rmb
Mks
Jmb
Ptm
Gsb
Abd
दाङ । तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ स्याउली बजारमा पार्किङ गरेर राखिएको गाडीमा तीन बच्चा मृत भेटिएपछि नागरिक त्रसिद बनेका छन् ।
यसलाई जिल्लाको ठूलो घटनाका रुपमा लिईएको छ । प्रहरीले नेपालगञ्जबाट कुकुर ल्याएर पनि अनुसन्धान ग¥यो । तर, शव सडिसकेकाले कुकुर खासै घटनाका बारेमा पत्ता लगाउन सकेन ।
किनकी घटना भएको २४ घण्टा भित्र भएमा कुकुरलाई सहज हुन्छ । गाडी रिमोर्ट वाला हो । रिमोर्ट वाला गाडीमा भित्र मान्छे कसरी पस्यो, भन्ने मै अनुसन्धान केन्द्रित छ ।
ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार आफूहरु पोष्टमार्टम रिपोर्टको प्रतीक्षामा रहेको र, त्यो रिपोर्ट आएपछि मात्रै थप अनुसन्धान अघि बढाईनेछ ।
उनको अनुसार आज साँझसम्म वा भोली विहानसम्म पोष्टमार्टमा रिपोर्ट आईपुग्नेछ । अहिले गाडी धनी यादव गैरे र चालक पदमबहादुर बस्नेतलाई म्याद थप गरेर अनुसन्धान गरिरहेको छ । माघ १ गतेदेखि घर अगाडी पार्किङ गरेर राखेको भारतीय नम्बर प्लेटको आरजे सीसी ०८८५ नम्बरको गाडीमा तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ गाइडहर बस्ने भीमबहादुर परियारका १० बर्षीय छोरा सन्देश परियार, सन्तोष परियारका ७ बर्षीय छोरा सुवर्ण परियार र किरण परियारका ७ बर्षीय छोरा करण परियार मृत भेटिएका थिए ।
उनीहरुका परिवारले सत्यतथ्य छानविन नहुँदासम्म शव नबुझ्ने अडान राखेका छन् । दलित अधिकारकर्मी हिरालाल सुनारका अनुसार उचित क्षतिपूर्ति दिनुकासाथै सत्यतथ्य छानविन नहुँदासम्म परिवारले शव नबुझ्ने बताउँदै आएका छन् ।साभार तुलसीपुर अनलाइन
