
Ksm
Pbu
Gmk
Anm
Mbdvs
mbd
Sds
Gisld
Rbs

nsb
Vor
Ggd
Hal
Ksm
Gst
Ssm
Tsm
Bbu
Rgs
Rgu
Bbbpu
Rsb
Asm
Sbs
Wsp
Rgu
Sls
Pvg

Rpp
Abd
Mks
Jmb
Bml
Ptm
Pls
sab
Syp
Rmb
bbt
Gsb
Jmb
काठमाडौं । आज विश्व प्रेस स्वतन्त्रता दिवस, दिवसको अवसरमा देशैभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । ‘सार्वजनिक सम्पत्तिका रूपमा सूचना’ भन्ने मूल नाराका साथ यस वर्षको स्वतन्त्रता दिवस मनाउन लागिएको हो । ‘स्वतन्त्र एवं बहुलवादी प्रेसका लागि विन्डहक घोषणापत्र’ जारी गरेको दिनको सम्झनामा हरेक मे ३ तारिखलाई प्रेस स्वतन्त्रता दिवसको रुपमा मनाउने गरिएको पाइन्छ ।
सन् १९९३ मा युनेस्कोको आयोजनामा अफ्रिकी राष्ट्र नामिबियाको विन्डहक शहरमा भएको वरिष्ठ पत्रकार, पत्रकारिताका प्राध्यापकहरू र स्वतन्त्रताका पक्षपातीहरूको सहभागितामा यो घोषणापत्र जारी गरिएको थियो । घोषणापत्रमा प्रेस तथा अभिव्यक्ति स्वन्त्रताको पक्षमा बलियो प्रतिवद्धता जनाइएको थियो भने स्वतन्त्र र बहुलवादी प्रेसका पक्षमा सो सम्मेलनले आफूलाई प्रष्टरूपमा उभ्याएको थियो ।
यसै सन्दर्भमा नेपालमा पनि विभिन्न कार्यक्रम गरी यो दिवस मनाउने गरिएको छ । नेपाल पत्रकार महासंघले युनेस्कोसँगको सहकार्यमा सोमबार भर्चुअल अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । कोरोना संक्रमणका कारण सामूहिक रूपमा भौतिक सहभागिता जनाएर कार्यक्रम गर्न सम्भव नदेखिएकोले कार्यक्रमको स्वरूप परिवर्तन गरेर भर्चुअल रूपमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको महासंघले जनाएको छ ।
अन्तरक्रियाकै क्रममा नेपालको यो वर्षको प्रेस स्वतन्त्रता र पत्रकार सुरक्षाको अवस्था समेटिएको प्रतिवेदन पनि सार्वजनिक गर्ने र नेपालका विभिन्न तहमा बन्न थालेका ९ वटा कानुनको मस्यौदा माथिको विश्लेषणात्मक टिप्पणी समेत सार्वजनिक गर्ने तयारी रहेको महासंघले जनाएको छ । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा विश्वभरका पत्रकारहरुको सबैभन्दा ठूलो छाता संगठन अन्तराष्ट्रिय पत्रकार महासंघ(आईएफजे)संग आबद्ध दक्षिण एशियाका पत्रकारहरुका संगठनहरुको सञ्जाल(साउथ एशियन मिडिया नेटवर्क)ले आजै दक्षिण एशियाको प्रेस स्वतन्त्रताको अवस्थाको बारेमा बार्षिक प्रतिवेदन सार्वजनिक गर्दैछ ।
