
Pbu
Gmk
Anm
Rbs
Ksm
Sds
mbd
Gisld
Mbdvs

Sls
Ssm
Pvg
Ggd
Asm
Hal
Rgs
Gst
Ksm
Rgu
Wsp
Rsb
nsb
Bbu
Tsm
Vor
Rgu
Sbs
Bbbpu

Jmb
Syp
sab
Rpp
Pls
Jmb
Mks
Gsb
bbt
Abd
Ptm
Rmb
Bml
दाङ । आज अन्तराष्ट्रिय श्रमिक दिवस, श्रमिक र मजदूर आन्दोलनको विश्वभर स्मरण गरि मनाइन्छ । यद्यपि विश्वव्यापी कोभिड–१९ महामारीका कारण बिगतमा जस्तो उत्साहपूर्ण रुपले यो दिवस मनाइने छैन ।
प्रत्येक वर्ष मे १ तारिखका दिन विश्वमा अन्तराष्ट्रिय श्रमिक आन्दोलनको उत्सवको रूपमा यो दिवस मनाइने गरिन्छ । यस दिन विश्वका प्रायः सबैजसो राष्ट्रहरूमा आधिकारिक रूपमा मजदूर र श्रमिकहरुलाई सार्वजनिक बिदा हुन्छ, कतिपय राष्ट्रहरूमा सामान्य रूपमा मनाइन्छ । १९ औं शताब्दीको औद्योगिकीकरणमा यूरोपेली देश तथा अमेरिकी देशहरुका उद्योगपतिहरुले दैनिक १५ घण्टासम्म न्यून पारिश्रमिकमा श्रम शोषण गर्ने गर्थे ।
यही परिस्थितिका बीच मजदुरहरुले १ मे १८८६ का दिन शोषणका विरुद्ध समानता, उपयुक्त श्रमज्याला, उचित विदा सुविधा, र श्रम वातावरणको लागि एकीकृत हुने उद्घोष गरे र ८ घण्टा काम ८ घण्टा आराम र ८ घण्टा मनोरन्जनको एक दिवसीय समय विभाजनको माग गरे ।
सो क्रममा अमेरिकाको सिकागोमा यही माग सहितको मजदूरहरुको शान्तिपूर्ण पर्दशनमाथि गोली चलाइँदा थुप्रै प्रदर्शनकारीको हत्या भयो ।सन् १८८९ मा फ्रान्सको पेरिसमा सम्पन्न विश्वका श्रम संगठन एवं श्रमिक नेताको बैठकले विश्व श्रमिक दिवस विश्वभर मनाउने निर्णय गरेको हो । त्यसयता हरेक वर्ष अंग्रेजी महिनाको मे १ तारिखमा श्रमिक दिवस मनाउन शुरु गरियो ।
नेपालमा सन् १९६३ देखि अन्तराष्ट्रिय श्रमिक दिवस मनाइदै आइएको छ । यस वर्ष नेपालमा पनि श्रमिक आन्दोलनको स्मरण गरिए तापनि विगतमा झैँ कुनै औपचारिक कार्यक्रम राखिएको छैन । विश्वरभरिका श्रमिकको ऐक्यबद्धता एवम् श्रमको सम्मानका लागि सबैलाई जागरुक बनाइराख्ने अवसरका रूपमा अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइन्छ ।
