Sidha Patra शुक्रबार, बैशाख १७, २०७८

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दका दाइ चन्द्रबहादुर चन्द वीरजंग थुनामुक्त भएका छन् । जिल्ला कारागार, चितवनमा बसिरहेका जिल्ला अदालत, नवलपरासीमा धरौटी बुझाएर छुटेका हुन् ।

चन्दलाई जिल्ला अदालत नवलपरासीले २२ भदौ २०७७ मा २५ हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो । तर, उनी धरौटी नबुझाइ जेलमा बसिरहेका थिए ।स्वास्थ्यमा समस्या भएपछि उनलाई उपचारका लागि चितवन लगिएको थियो । चन्द्रबहादुर पक्राउ पर्नुअघि पार्टीको मध्यकमाण्ड इञ्चार्ज थिए ।

विप्लव समूह हिंसा त्यागेर मूलधारको राजनीतिमा आएसँगै सरकारले सबैको मुद्दा फिर्ता लिने समझदारी गरेको थियो । त्यसपछि पार्टीले थुनामा रहेका सबै कार्यकर्ताहरु नछुटेसम्म धरौटी माग भएका नेताहरु पनि ननिस्किने नीति लिँदै आएको थियो । तर, सहमति कार्यान्वयन नभएपछि धरौटी बुझाएर पार्टीले नेता, कार्यकर्ताहरुलाई छुटाउन थालेको छ ।

बिहीबार पनि धरौटी बुझाएर जिल्ला कारागार, संखुवासभाबाट नेता माइला लामा थुनामुक्त भएका थिए । विप्लवले दुई पटक प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेर नेता, कार्यकर्ता रिहाइको प्रक्रिया यथाशीघ्र टुंग्याइदिन आग्रह गरिसकेका छन् ।

विप्लवका दाइ वीरजंग रिहा भएपछि महासचिव विप्लव, प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड, सचिवालय सदस्य धर्मेन्द्र बाँस्तोलालगायतका केन्द्रीय नेताहरुले स्वागत गरेका थिए ।साभार अनलाइन खबर

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]