शिवराज पन्थी शुक्रबार, बैशाख १०, २०७८

दाङ । गढवा ६ मनिकापुरका अग्निी पिडितहरुलाई बुधवार गढवा गाउँपालिकाले खाद्यान्न तथा भाँडाकुडा लगायतका सामाग्री प्रदान गरेको छ । गाउँपालिकाका अध्यक्ष सहजराम यादव र बिपद् ब्यवस्थापन समितिका संयोजक प्रकाश भण्डारी लगायतको टोली पिडितहरुको निवास मनिकापुरमा पुगी ३ घर परिवारलाई राहात बितरण गरेको गाउँपालिकाले जनाएको छ ।

केहि दिनपछि पिडितहरुलाई बस्ने बासका लागि जस्तापाता पनि प्रदान गरिने बिपद ब्यवस्थापन समितिका संयोजक तथा वडा नं. ५ का वडा अध्यक्ष प्रकाश भण्डारीले जानकारी दिए । सोमवार गढवा ६ मनिकापुरमा आगलागी हुँदा २ घर र २ गोठ जलेर पुर्ण क्षति भएका थिए । स्थानीय शोभाराम घर्तीमगर, हेमबहादुर घर्तीमगर, खिमबहादुर घर्तीमगर र कमल घर्तीमगरको घर तथा गोठमा आगलागी भएको थियो ।

त्यस्तै आगलागी भएपछि तत्काल इलाका प्रहरी, गढवा गाउँपालिकाको दमकल र स्थानीय बासिन्दाहरुद्धारा आगो नियन्त्रणमा लिइएको थियो । आगलागीबाट निजहरुको घरमा रहेको खाद्यान्न, लत्ता कपडा, फर्निचर, गरगहना र नगद सहित ९ लाख बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय गढवाले जनाएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]